Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० गोलले पराजित

काठमाडौं– साफ सुजुकी कप २०१८ को फाइनल पुग्ने नेपालको सपना अधुरै भएको छ।  बुधबार बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि पहिलोपटक फाइनल पुग्ने नेपालको लक्ष्य पूरा हुन सकेन। 

माल्दिभ्सले पहिलो हाफको सुरुवातमा १ गोल गर्दा अन्तिम ५ मिनेटमा २ गोल गरेको थियो।

माल्दिभ्सले नवौं मिनेटमा अग्रता लिएको थियो। माल्दिभ्सका कप्तान अकरम अब्दुलले फ्रिकिङमार्फत गोल गरेका थिए। डिबक्सबाहिर प्राप्त फ्रिकिङमा उनको प्रहारलाई नेपालका गोलकिपर किरणकुमार लिम्बुले रोक्ने मौका नै पाएनन्। 

पहिलो हाफमा भारी वर्षा भएका कारण खेल केहि बेर रोकिएको थियो। जसले गर्दा मैदान हिलो तथा चिप्लो भएको थियो। 

पहिलो हाफमा १–० गोलले पछि परेको नेपाल दोस्रो हाफमा आक्रमक रुपमा उत्रियो। लगातार माल्दिभ्सविरुद्ध दबाब भएको नेपालले ८४ मिनेटमा काउन्टर आक्रामणबाट गोल खाएको थियो। माल्दिभ्सका इब्राहिम वाहिद हसनले गोल गरेर माल्दिभ्सलाई २–० ले अघि बढाए। २ मिनेटपछि तेस्रो गोल खाएपछि नेपाल हार उन्मुख भएको थियो। ८६ मिनेटमा उनै हसनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। 

खेलको अन्त्यमा नेपालका विमल घर्मीमगरको प्रयासले गोल पोस्टको दिशा लिन नसक्दा नेपाल ३–० ले पराजित भयो।

प्रकाशित मिति: Sep 12, 2018

प्रतिक्रिया दिनुहोस्