Logo
११ बैशाख २०८१, मंगलबार
(September 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साफ च्याम्प्यिनसिपको सेमिफाइनल खेलमा नेपाल एक गोलले पछाडि

काठमाडौँ : बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्प्यिनसिपको सेमिफाइनल खेलमा नेपाल १–० ले पछाडि परेको छ ।

पहिलो हाफको खेल सकिँदासम्म नेपाल १–० गोलले पछाडि परेको हो । नवौँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बक्सको केही बाहिर पाएको फ्री किकलाई गोलमा परिणत गरेर माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।

नेपाली टोली आज खेलको शुरुवातबाटै लयमा देखिएन । लगातारको वर्षाले मैदान चिप्लो हुँदा नेपाली टोलीको कुनै पनि उत्कृष्ट प्रहार गर्न सकेन ।

खेल शुरु भएको २८औँ मिनेटमा हावाहुरीसँगै भारी वर्षा भएपछि आधा घण्टा खेल रोकिएको थियो ।

प्रकाशित मिति: Sep 12, 2018

प्रतिक्रिया दिनुहोस्