Logo
१३ बैशाख २०८१, बिहीबार
(September 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामा दिएका उपसचिव केसी पुनः छानबिन समितिमा फर्किए

काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुनः समितिमा फर्किएका छन् । समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले बधुबार प्रेस विज्ञाप्ति जारी गर्दै काममा फर्कने बताएका हुन्।

उनले बुधबार छानबिन समितिका संयोजकसहित भएको छलफलबाट वास्तविक दाेषी पत्ता लगाउने सम्बन्धी मन्त्रालय र आफ्नो उद्देश्यमा एक मत भएकाले पुन: छानबिन कार्यमा फर्कने निर्णय गरेको जनाएका छन्। गृह मन्त्रालयले भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिमा सदस्य रहेका उपसचिव केसीले साेमबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘जघन्य अपराधको विरुद्धमा उभिई निर्मलाको आत्मालाई र निजको परिवारलाई समितिको सदस्यका रूपमा न्याय दिन असम्भव देखेकाे’ र ‘शक्तिशाली अपराधीबाट जुनसुकै समयमा हत्या गर्न सक्ने प्रबल सम्भावना रहेकाे’ भन्दै राजीनामा गरेका थिए।

प्रकाशित मिति: Sep 12, 2018

प्रतिक्रिया दिनुहोस्