Logo
१५ चैत्र २०८०, बिहीबार
(September 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोर्डरमा भन्सारका कर्मचारीको मनपर्दी, निःशुल्क सवारी पास वापत खुलेआम अवैद्य अशुली

जनकपुरधाम : धनुषाको जटही बोर्डरका कर्मचारीहरुले निःशुल्क सवारी पास वापत दादागिरी तरिकाले खुलेआम अवैद्य अशुली गर्ने गरेको रहस्य खुलेको छ । भण्सारले निःशुल्क रुपमा दिने सवारीसधानको अस्थाई पैठारी अनुमति पुर्जीमा लगमा जटही छोटी कार्यालय धनुषाका कर्मचारीहरुले प्रति सवारी ५० रुपैयाँका दरले अशुल्ने गरेको रहस्य खुलेको हो ।

मंगलबार सवारी पास लिन गएका धनुषाको नगराईन नगरपालिका २ बस्ने रोहितकुमार चौधरीसंग भण्सारका कर्मचारी ओपेन्द्र मण्डल निःशुल्क सवारी पास वापत ५० रुपैयाँ लिएका थिए । त्यही बेला पुगेका टुडेपाटी अनलाईनका सम्पादक निःशुल्क सवारी पास वापत किन ५० रुपैयाँ लिनुभएको प्रश्न गरेपछि भण्सारका कर्मचारी मण्डलले पहिलादेखि नै यस्तो नियम रहेको जवाफ दिएका छन् ।

सरकारबाट छुटपुर्जी नपाएकाले छुटपुर्जी छपाई वापत ५० रुपैयाँ लिने गरेको कर्मचारी मण्डलले स्वीकार गरेका छन् । गैरकानुनी रुपमा खुलेआम सर्वसधारनहरुसंग छुटपुर्जीको नाममा रुपैयाँ अशुल्ने कर्मचारीले आफ्नो नाम बताउन मानेनन् । उक्त नाकाबाट दिनहुँ जाने आउने संयौं सवारीसाधनबाट भण्सारका कर्मचारीहरुले धाखधम्की एवं दादागिरी तरिकाले अवैद्य अशुली गर्ने गरेको भएपनि सम्बन्धीत निकायले कुनै चाँसो नदिएको स्थानीयहरुको गुनासो छ ।

यता भन्सार कार्यालय जनकपुरका प्रमुख हेमचन्द्र शर्माले अवैद अशुलीको कुनै नियम नरहेको बताउनुभयो । कर्मचारी मण्डलले निःशुल्क दिने पास वापत नियम भन्दै अशुली गर्ने गरेको पुष्टि भए तुरन्त कार्वाही गर्ने भन्सार प्रमुख शर्माको भनाई छ ।

प्रकाशित मिति: Sep 12, 2018

प्रतिक्रिया दिनुहोस्