Logo
१३ बैशाख २०८१, बिहीबार
(September 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौन हिंसा, लागुऔषध र सवारी घटना न्यूनीकरण गर्न स्कुल–स्कूलमा प्रहरी अभियान

मेलम्ची : आपराधिक घटना बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले स्कूल–स्कूलमा प्रहरी अभियान शुरु गरेको छ । हिजो चौतारामा स्थानीयवासी जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाको उपस्थितिमा सो अभियान शुरु गरिएको हो ।

अभियानको शुभारम्भ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले गर्नुभएको हो । प्रहरी उपरीक्षक मरासिनीले यौन हिंसा, लागुऔषध र सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउँदै स्कूलस्कूलमा पुग्ने बताउनुभयो । उहाँले कानून विपरीतका कार्य मात्र अपराध नभइ कानूनले दिएका काम नगर्नु पनि अपराध हुने भन्दै स्कूले बालबालिकामार्फत् समाजमा सचेतना जगाउन लागिएको छ भन्नुभयो ।

यस अभियानको माध्यमबाट सिन्धुपाल्चोकका ३५ हजार स्कुले बालबालिकासम्म प्रहरी पुग्ने भएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुपाल्चोकका प्रमुख गौरीशङ्कर पाण्डेले अपराध न्यूनीकरण र सभ्य समाज निर्माणका लागि जिल्ला प्रहरी कार्यालयले रचनात्मक काम थालनी गरेको बताउनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले अपराधमुक्त सिन्धुपाल्चोक निर्माण गर्न प्रहरीसँगै हातेमालो गर्दै स्थानीयवासी नै लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: Sep 11, 2018

प्रतिक्रिया दिनुहोस्