Logo
७ बैशाख २०८१, शुक्रबार
(September 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वको विभिन्न देशहरूमा रिलिज हुदैँछ ‘रामकहानी’

काठमाडौँ : गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र रामकहानीले नेपालमा राम्रो समीक्षासँगै बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । अब यो चलचित्र नेपाल रिलिज पश्चात् विश्वको विभिन्न देशहरूमा रिलिज हुने भएको छ ।

चलचित्रका निर्देशक सुदर्शन थापाका अनुसार चलचित्र युरोप, अस्ट्रेलिया, अमेरिकामा रिलिज हुने भएको छ ।  उनका अनुसार, चलचित्रको प्रदर्शन सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यसपछि अमेरिकाका विभिन्न राज्यमा यो चलचित्र रिलिज हुनेछ । यस्तै, चलचित्र अस्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने तयारीमा छ ।

यस्तै, चलचित्रको युरोप प्रदर्शन डेनमार्कबाट सुरु हुदैछ । डेनमार्कपछि चलचित्रको प्रदर्शन पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा हुनेछ । कतार, ओमान, जापान, ब हराइन लगायतका देशमा पनि चलचित्र चल्ने पक्का भएको निर्देशक सुदर्शन थापाले जानकारी दिए ।

पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’को कमेडी र लभस्टोरीलाई दर्शकले रचाएका छन् ।

प्रकाशित मिति: Sep 11, 2018

प्रतिक्रिया दिनुहोस्