Logo
८ बैशाख २०८१, शनिबार
(September 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पालैपिलो : चीनलाई भारतको र भारतलाई चीनको “कार्ड”

सुरेश प्रसाद अर्चाय

चीनलाई भारतको र भारतलाई चीनको “कार्ड” पालैपिलो देखाउने दुश्साहस गर्दा नेपालले नेपाली जनता र राष्ट्रमाथि नै संकट निम्त्याउने खतरा बढेको देखिन थालेको छ ।

२०० वर्षअघि लडाईमा हारेर नेपालले सुगौली सन्धी गर्नु परेको यथार्थ थियो, तर अहिले कूटनीतिक लडाईमा हारेर सुगौली सन्धीभन्दा खराब सन्धी गर्नुपर्ने परिस्थिति नेपाली अनुहारका ब्रूटोस (रोम साम्राज्य), गाय फक्स (बेलायत), लेण्डूप (सिक्किम), वाङ झीङबे (चीन), जुलियस/ईदेल रोजनवर्ग पतिपत्नी (अमेरिका) र भीड्कन क्वीजलिङ (नर्वे) ले निम्त्याइरहेका हुन्? कुनै पनि नेपाली नेताको नाम विश्वकै दुश्साहसी राष्ट्रद्रोहीको रूपमा गिनीज बूकमा नलेखियोस्, मेरो कामना छ । @FBवालबाट 

प्रकाशित मिति: Sep 11, 2018

प्रतिक्रिया दिनुहोस्