Logo
१५ चैत्र २०८०, बिहीबार
(September 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीयवासीको सहयोगमा खेलमैदान निर्माण

बेँसीशहर : बेँसीशहर नगरपालिका–१० खासुरगाउमा स्थानीयवासीको सहयोगमा खेलमैदान निर्माण गरिएको छ ।

स्थानीय खासुररोधी युवा क्लबको अगुवाइमा चन्दा सङ्कलन गरी रु सात ३० लाखमा गाउँमा खैलमैदान निर्माण गरिएको हो । क्लबले विभिन्न चाडपर्वमा नाचगान गरी करीब रु सात लाख सङ्कलन गरेको थियो । सो रकमबाट खेलमैदान निर्माण शुरु गरिएको निर्माण संयोजक एवं क्लबका अध्यक्ष नन्दबहादुर घलेले जानकारी दिनुभयो । क्लबको अगुवाइमा वैदेशिक रोजगारीमा गएकाहरुबाट रु १८ लाख सङ्कलन भएको थियो ।

एक सय १२५ मिटर लम्बाइ तथा ७९ मिटर चैडाइ भएको उक्त खेलमैदान १० रोपनी क्षेत्रफलमा फैलिएको छ । खेलमैदान वरिपरि जाली राख्ने योजना रहेको घलेले बताउनुभयो । बेलायत, अमेरिका, हङकङ, कतार, मलेसियालगायत देशमा रहेका स्थानीयवासीले खेलमैदान निर्माणमा सहयोग गर्दै आएका छन् । सो मैदान निर्माणका लागि बेँसीशहर नगरपालिकाले रु तीन लाख तथा सम्बन्धित वडाले रु दुई लाख विनियोजन गरेको छ । गाउँका वृद्धवृद्धा, आमा समूह तथा युवाले मैदान निर्माणमा श्रमदान गरेका थिए । मैदानका लागि स्थानीयवासी १० जनाले झण्डै २० रोपनी जग्गादान गरेका छन् । मैदान निर्माणपछि प्रदेशस्तरीय खेल सञ्चालन गर्न सहयोग पुग्ने स्थानीयवासी हीरालाल विश्वकर्माले बताउनुभयो ।

प्रकाशित मिति: Sep 11, 2018

प्रतिक्रिया दिनुहोस्