Logo
७ बैशाख २०८१, शुक्रबार
(September 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुशेऔशीका दिन नुहाउने क्रममा बागमती नदीमा बेपत्ता युवककाे शव फेला

काठमाडाैं : कुशेऔशीका दिन नुहाउने क्रममा बागमती नदीमा बेपत्ता भएका सबिन तामाङकाे शव अाज निकालिएकाे छ । गत आइतबार गोकर्णेस्वर स्थित बागमती नदीमा बेपत्ता भएका सिन्धुपाल्चोकका २३ वर्षीय सबिन तामाङको शव आज सेनाले बागमती नदीबाट निकालेको हाे ।

सेनाको विशेष उद्वार टोलीले आज बिहान सात बजे शव बाहिर निकालेको महानगरीय प्रहरी प्रभाग गोकर्णेश्वरका सई अर्जुन गिरीले बताए । कुशेऔशी मेलाको दिन सबिन बागमतीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । उनी गोकर्णेश्वर नगरपालिका ९ मा बस्दै अाएका थिए ।

प्रकाशित मिति: Sep 11, 2018

प्रतिक्रिया दिनुहोस्