Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरका मेयर लालकिशोर साहलाई चोकमै घेराबन्दी

जनकपुरधाम : जनकपुरधाम उप-महानगरपालिकाका मेयर लाल किशोर साहलाई आज विहान जनताले घेरामा हालेका छन् । सोमवार विहान पिराडी चोकवाट आइयुडिपीवाट सञ्चालित विकास निर्माणको कार्यलाई अनुगमन थालेका मेयर साहलाई चोकमै जनताले घेरा हालेका छन् ।

जनताले विकास निर्माणको कार्यमा बाधक बनेकाहरुको घरमा जेसीवि किन नलगाइएको र विकासका काम कुन र के कारणले अवरोध भएका छन् भनि प्रश्न गर्दै मेयर साह संग जवाफ माग गरेका थिए । मेयर साहले सो क्षेत्रको अवरोध छिट्टै अन्त हुने वताउँदै सडक समयमै निर्माण हुने विश्वास दिलाएपछि स्थानीयबासीहरु शान्त भएका थिए ।

आइयुडिपिवाट सञ्चालित विकास निर्माणका कार्य पिराडी चोकवाटै शुरु भएपनि परियोजनाको अन्तहुन लाग्दा पनि यो सडक नवनेको प्रति आम जनताले दुःख व्यक्त गरेका थिए । पिराडी चोकमा रहेको वडा नं. ९ का वडाध्यक्ष परमेश्वर साह र उनका दाजुले घर नभत्काएपछि त्यहाँ सडक निर्माण देखि लिएर फुटपाट समेत अहिले सम्म बन्न सकेको छैन ।

पटक–पटक उप–महानगरपालिकावाट कर्मचारीले नापी गरेपनि त्यो नापी वडाध्यक्ष साहले नमानेको र कर्मचारीहरु संग पनि दुव्र्यवहार गरेका थिए । त्यसको विरोधमा समेत उप–महानगरपालिकाका कर्मचारीहरु उत्रेका थिए ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्