Logo
८ बैशाख २०८१, शनिबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ यश कुमारको ‘छिरिङ्ग’ ट्रेलर (भिडियो)

काठमाण्डौ: आइतवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई देखाएपछि फिल्मको ट्रेलर यूट्युबमा सार्वजनिक गरिएको हो ।

प्रेम र द्वन्द्वले भरिएको ट्रेलर कलरफुल छ । मेकिङ उच्च देखिन्छ । यो फिल्मले बहुपतिप्रथाको कथा भन्छ । नव-नायिका कामना भुजेलसँग दुई अभिनेता तथा गायक यश र निमा रुम्बाले रोमान्स गरेका छन् ।
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापाले मिलेर लेखेका हुन् । यशको यो पहिलो निर्देशित फिल्म हो ।
‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।
दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्म खिचिएको हो ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्