Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केहि पत्रकारको क्रियाकलापले रौतहटमा पुरै पत्रकारिता प्रति नै अविश्वसनीयता

रौतहट : गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरले पत्रकारिताका नाममा पित्त पत्रकारिता निकै बढेको बताएकि छन् ।

शुकूबार गौर नगरपालिकाको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले केही चरित्रहिन व्यक्तिले आफू जस्तो संघ्रषशिल, विकासप्रेमी महिलाबारे पित्त पत्रकरिता भइरहेको आरोप लगाईन ।

विश्वसनीय समाचार लेख्नुको साटो पूर्वाग्रही सोच राखेर आधारहीन समाचार प्रकाशन/प्रसारणले समाजमा पत्रकारिता प्रतिको जनताको विश्वास हराऊदै गएको उनले दावी गरेकी हुन् ।

न्यायिक समिति संयोजक समेत रहेकी ठाकुरले आफुले आप्नो कार्यावधीमा निकै डटेर लागीपरेको बताईन । विभिन्न पीड़ित महिला, पुरुष, बालबालिकाको रक्षाका लागी स्थापना गर्न लागिएको मानव सेवा केन्द्रको सम्वन्धमा विभिन्न भ्रामक समाचार प्रकाशन गर्ने कार्य भैरहेको बताइन् ।

ठाकुरले समाज विकासको कार्यमा सक्रीय भूमिका निर्वाह गर्नुको साटो केहि पत्रकारको क्रियाकलापले रौतहटको सबै पत्रकारहरुको कार्य प्रति अविश्वसनीयता बढ़दै गएको उल्लेख गरिन । ठाकुरले त्यस्ता चरित्रहिन व्यक्तिले आफ्नो व्यवहार र सोच नसुधारे समाज निर्माणमा बाधा अडचन आईरहने बताईन ।

कार्यक्रममा उपमेयर ठाकुरले २०७४ साल माघ १ गते गठन भएको न्यायिक समितिले २ गते देखि कार्य शुभारम्भ गरेको र अहिले सम्म विभिन्न ६१ उजुरी मध्ये ६ वटा निर्णय २२ मिलापत्र र ३२ कार्यवाहियुक्त अवस्थामा रहेको जानकारी गराएका छन ।

जग्गा खिचोला सम्वन्धी ३१ तथा सार्वजनिक जग्गा सम्वन्धी १२ उजुरी परेको छ १ महिला हिंसा र अभद्र व्यव्हार सम्वन्धी ४ उजुरी दर्ता भएको ठाकुरले बताए । महिला अधिकारकर्मी समेत रहेकी ठाकुरले न्यायिक समितिमा परेको उजुरीको सम्वन्धमा न्याय सम्पादन गर्ने कार्यमा चुनौती बढ़ी रहेको उल्लेख गरिन ।

उनले भने “न्याय सम्पादन गर्न कठिनाई हुने गरेको भए पनि स्थलगत गएर समाधान गर्ने प्रयास गर्दैछु ।” क़ानूनी जानकारी नहुँदा समस्या हुनु स्वाभाविक रहेको बताइन । कानून व्यवसायीको राय सल्लाह सुझाव लिएर निष्पक्ष रुपमा न्यायको प्रत्याभूति गराउने अभ्यास गरिरहेको उपमेयर ठाकुरले बताए ।

एक संचारकर्मीको प्रश्नको जवावमा आर्थिक वर्ष २०७४ र०७५ मा नगरपालिकाले गैर सरकारी सस्थाको माध्यमवाट २ लाख ९४ हजार ७५० रुपैयाको बृक्षारोपण गराएको बताए । गौरबाट प्रकाशित हुने एक दैनिकले बृक्षारोपणमा २४ लाख खर्च गरेको समाचार प्रकाशित गरेको थियो । चालू आर्थिक वर्षमा पूर्वाधारका ठोस योजनाहरु पारदर्शी ढंगबाट लागु गराउने विश्वास जनाउँदै मदिरा मुक्त गौर नगरपालिका बनाउने अभियान निरन्तरता दिने प्रतिवद्धता जनाए

प्रकाशित मिति: Sep 8, 2018

प्रतिक्रिया दिनुहोस्