Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ करोड हिनामिना गर्न नपाएपछि आफूमाथि निलम्वनको प्रस्ताव ल्याईयो : मेयर खातुन

कटहरिया : रौतहटको कटहरिया नगरपालिकाकी कार्यवाहक मेयर नूर जाहा खातुनले विपक्षीले आफूमाथि लगाएको आरोप भ्रामक र झुठो रहेको बताईकी छिन् । बिहीबार एक प्रेस विज्ञप्ती निकाल्दै खातुनले विपक्षी र केही विकास बिरोधी तत्वले बजेटमा मनमौजी र आफू खुसी हिनामीना गर्न नपाएपछि आफू विरुद्घ सडयन्त्रको खेल खेलेको बताएकी छिन् ।

हिजो बुधबार १९ सदस्य कार्यापालिकाका १४ सदस्यले कार्याबाहक मेयरको जिम्मेवारीमा रहेकी नूर जाहा खातुनलाई निलम्बन गर्ने प्रस्ताव ल्याएपछि वहाँले सो प्रस्ताव प्रति आक्रोषित भई विपक्षीको पोल खुलेकी छिन् ।

खातुनले विज्ञप्ति निकालेर नगरपालिकाको ४ करोड रुपैयाँ हिनामिना गर्न नपाएको झोकमा झूटो आरोप लगाएर आफूलाई निलम्वित को प्रस्ताव गरिएको बताएकी छन् ।

उपमेयर खातुन र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनीले बिहीबार विज्ञप्ति निकालेर माओवादीबाट निर्वाचित सदस्यहरुले आव २०७४र०७५ को अन्त्यमा खर्च हुन नसकी बाँकी रहेको ४ करोड रुपैयाँ परिषद नै नगरी खर्च गर्न दबाब दिएकोमा त्यसो गर्न नमानेपछि निलम्वनको प्रस्ताव गरिएको दाबी गरेका छन् ।

सो रकम अनियमित तरिकाले खर्च गर्न निरन्तर धाकधम्की लगाई नियमविपरीत जथाभावी खर्च गर्नरगराउन खोजेको विज्ञप्तिमा उल्लेख छ । खर्च गर्न नमानेपछि कार्यालय प्रमुख र लेखा प्रमुखले विभिन्न शीर्षकमा भ्रष्टाचार गरेको भनी विभिन्न खाले आरोप लगाई बदनाम गर्दै आइरहेको पनि बताइएको छ । परिषदको तयारीको लागि तीन पटक आयोजना छनौटको लागि सम्बन्धित वडा कार्यालयमा पत्रचार गरीसकेको भएता पनि आजसम्म कही कतैबाट आयोजना छनौट गरी नल्याई परिषदतिर लाग्नुको सटा कावा नगर प्रमुख भएर खर्च गर्न/गराउन सक्नु हुन्न भन्दैे धाकधम्की दिएको विज्ञप्तिमा छ ।

कार्यपालिकाको बैठकमा आफू र प्रशासकीय अधिकृतलाई गाली बेइज्जती गर्न थालेपछि बैठक स्थगित गरी हिडिसकेपछि गलत आरोप लगाएर निलम्बन गरी छानविन गर्न सिफारिस गरिएकोप्रति खातुनले आपत्ति प्रकट गरेकी छन् । आफूलाई कब्जामा लिई बलजफती कारवाहीसम्बन्धी पत्रमा सही गर्न लगाएको प्रशासकीय अधिकृत सहनीले बताएका छन् । कार्यालय परिसरमै गुण्डा बदमास लगाएर कार्यवाहक प्रमुखलाई बदनाम गराउने मनसायले बलजफती कागजमा सही गराएको र नपामा कोही कसैबाट कुनै पनि शीर्षकमा भ्रष्टाचार नभएकोसमेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

बुधबार कार्यपालिका बैठकको बहुमतले उपप्रमुखले भ्रष्टाचार, अनियमितता र अनुचित काम गरेको भन्दै निलम्वनको प्रस्ताव लयाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा छानविनका लागि पत्राचार गरेका थिए । माओवादी केन्द्रबाटै चुनिएका मेयर सियाराम प्रसाद कुशवाह ज्यान मुद्दामा जन्मकैद परेपछि उपमेयर खातुनलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: Sep 7, 2018

प्रतिक्रिया दिनुहोस्