Logo
१३ बैशाख २०८१, बिहीबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आँपको पात अति उपयोगी आयोर्वेदिक औषधी, यी रोगको काल हो यो !

एजेन्सी : आँप धेरै नै स्वादिलो हुने भएकोले प्राय सबैलाई मनपर्छ । आँपमा पौष्टिक तत्व पाईने हुनाले यसको नियमित प्रयोग स्वास्थ्यको लागि धेरै नै राम्रो हुन्छ । बच्चाहरु मात्र नभई सबै उमेरका मानिसहरुले आँप खानमा रुची राख्दछन् ।

धेरैजसो मानिसलाई आँपको पात र यसको औषधिय गुणबारे थाहा छ । आँपको पात अरु फलफूलको पात जस्तै देखिन्छ ।

पहिला यसको पात रातो रङ्गको हुन्छ , र बढ्दै गएपछि हरियो रङ्गको हुने गर्दछ ।

आँपको पातमा पाईने गुणहरु: आँपको पातमा भिटामिन ए, बी, सी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाईन्छ ।

साथै यसमा फ्लेभोनोइड र फेनोल जस्ता तत्वहरु पाईन्छ । र यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । त्यसैले आँपको पात रोगको उपचारको लागि प्रयोग गर्न सकिन्छ ।

र यसले मानव शरीरमा राम्रो प्रभाव पार्दछ । यसले निम्न ७ रोगहरुबाट बचाउँदछ ।

मधुमेह : आँपको पातमा एन्थोक्यानिडिन्स पाईन्छ । जस्ले मधुमेह रोगको पहिलो चरणमा नै निको पार्न मद्धत गर्दछ । यसलाई निको पार्नको लागि निम्न विधि अपनाउन सकिन्छ ।

विधि :

१) आँपको पातको प्रयोग विधि धेरै नै सजिलो छ । सबैभन्दा पहिला यस पातलाई सुकाएर सुख्खा बनाउनुहोस् ।

२) त्यसपछि यसलाई स–सानो टुक्रामा काटि पिसेर धुलो बनाउनुहोस् । यसको प्रयोगले मधुमेह रोगलाई पहिलो अवस्थामै निको पार्न मद्धत गर्दछ ।

छट्पटी : छट्पटीको समस्या उत्सुकताको कारणले हुने गर्दछ । यस्तो अवस्थामा हामीले समस्याको समाधानको उपाय पाउन सकिरहेका हुदैनौं ।

र यो समस्या झनझन गहिरो हुने गर्दछ । र यस समस्याको समाधानको लागि आँपको पातको पानीले नुहाउन सक्नुहुन्छ । यसले शरीरलाई स्फुर्ति प्रदान गरी छट्पटको समस्यालाई हटाउँदछ ।

रक्तचाप : आँपको पातमा हाइपोटेन्सिभ गुण हुन्छ । जसले रक्तचापलाई घटाउन मद्धत गर्दछ । यस गुणले गर्दा रक्तनलीहरु पनि बलियो हुने हुन्छ ।

स्वासप्रश्वास सम्बन्धि समस्या : चिसो लाग्नु, दम, खोकी , र अरु थुप्रै श्वासप्रश्वास सम्बन्धि समस्याहरु हटाउनको लागि आँपको पात लाभदायक हुन्छ ।

एउटा भाँडोमा पानी हालेर आँपको पात र थोरै महलाई मिसाई उमाल्नुहोस् । यसको प्रयोगबाट खोकी र स्वर सुक्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

आउँ: सुख्खा आँपको पातलाई धुलो बनाई पानीसँग खानुहोस् । यसको प्रयोग दिनको ३ पटक गर्नुहोस् । यसले आउँलाई रोक्दछ ।

पोल्नु : आँपको पातलाई बालेर खरानी बनाउनुहोस् । र यस खरानीलाई छालामा पोलेको ठाउँमा लगाउनुहोस् । यसले पोलेको दुखाईबाट आराम दिलाउँदछ ।

कान दुख्नु : कान दुख्ने समस्याको लागि आँपको पातको प्रयोग सजिलो तरिकाबाट गर्न सकिन्छ । सबैभन्दा पहिला आँपको पातको जुस बनाउनुहोस् ।

त्यसपछि एक चम्चा जुसलाई थोरै तताउनुहोस् । र चिसो भएपछि १ –२ थोपा कानमा राख्नुहोस् । यसबाट कान दुख्ने समस्याबाट छुट्कारा मिल्दछ ।

प्रकाशित मिति: Sep 5, 2018

प्रतिक्रिया दिनुहोस्