Logo
|| September 3, 2018

बोल्न नसक्ने ७ महिनाकी गर्भवती महिलाको बलात्कार

कपिलवस्तु स्थित विजयनगर गाउँपालिका-७ परसोहियामा ७ महिनाकी गर्भवती महिलाको बलात्कार भएको छ ।पीडित महिलाको बहादुरगञ्जस्थित शवराज अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्य छ ।

घटनामा संलग्न भएको अभियोगमा तीन जना पक्राउ परेका छन् । विजयनगर गाउँपालिका ७, परसौयाकी ३८ वर्षीया बोल्न नसक्ने ७ महिनाको गर्भवती महिलाको बलात्कार भएको हो ।

यही १२ भदौ राति आफू घर नभएको समयमा स्थानीय तीन जनाको समूहले बलात्कार गरेको भन्दै पीडितका श्रीमानले बुधबार प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

४० वर्षीय प्रह्लाद केवट र ४२ वर्षकी वर्षाती केवटको सहयोगमा २८ वर्षीय बकन्चु केवटले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

इलाका प्रहरी कार्यलय गणेशपुरमा प्रहरी निरिक्षक नविन पौडेलको टोलीले वर्षाती केवटलाई बुधबार नै पक्राउ गरेको थियो ।

प्रह्लाद भोलिपल्ट पक्राउ परे । मुख्य आरोपी बकन्चु केवट भने फरार भएका थिए । उनलाई आइतबार मात्र कपिलवस्तु कृष्णनगर नगरपालिका २ यात्रुगेटमा लुकेर बसको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभियुक्तहरूलार्इ ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार ०८:०९

प्रतिक्रिया दिनुहोस्