Logo
१५ चैत्र २०८०, बिहीबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कार तथा यौन हिंसाका घटना अन्त्यको माग गर्दे ज्ञापनपत्र

देशभर बालिकाहरु माथी भएका बलात्कार तथा हिंसाका घटनालाई निरुत्साति पार्न माग गर्दै नेपाल युवा संस्था संजाल (आयोन) ले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । संजाल आईतबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई पांच बुंदे मागपत्र बुझाएको हो । कर्णाली प्रदेशमा यस्ता खालका घटना हुन नदिनको लागी पहल गर्नु पर्ने भन्दै संस्थाले मागपत्र बुझाएको आयोन कर्णाली प्रदेशका संयोजक चरित्राकुमारी केसीले बताइन ।

आयोन कर्णाली प्रदेशकी संयोजक तथा मानब अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) की कार्यक्रम व्यवस्थापक चरित्राकुमारी केसीले देशभरमा गत आर्थीक वर्षमा मात्र १४ सय ८० बलात्कारका घटना भएको बताइन । उनले भनिन् ‘कञ्चनपुरमा १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या, पोखराकी १३ वर्षीया किशोरी बेपत्ता र दुईदिनपछि शव भेटिनु जस्ता घटना सामान्य भएका छन् । यस्ता खालका घटनामा सरकारको ध्यान जाओस् भनी मागपत्र बुझाएका हौं ।’ उनले थपीन् ‘ यो हिसाबले दिनमा चारवटा घटना पर्न आउंछ । यसमा सरकारको गम्भिर ध्यान हुनुपर्छ । हामी र हाम्रा छोरीहरुको सुरक्षाको ग्यारेण्टी अब सरकारले लिनुपर्छ ।’
आयोनको सदस्य संस्था मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) समन्वयमा अन्य सदस्य संस्थाहरु सामाजीक विकास तथा प्रर्वद्धन केन्द्र सुर्खेत, ग्रामीण विकास नेपाल कालीकोेट लगाएत युवाका क्षेत्रमा काम गरिरहेका दर्जन बढि संस्थाहरुले समेत यस कार्यमा ऐक्यवद्धता जनाएका छन् ।

स्थानिय तहका टोलटोलदेखी सबै ठांउमा बलात्कार बिरुद्धको अभियान संचालन गर्नुपर्ने, आम जनमानस देशको सुरक्षा व्यवस्थाप्रती विश्वस्त हुन सक्ने कार्यको सुनिश्चितता गर्नुपर्ने, कानुनले कसैलाई पनी विभेद नगरी दोषीलाई सजाय र पिडितलाई यथासक्य न्यायको आभाष दिलानुपर्ने भन्दै कर्णाली सरकारका सामाजीक विकास मन्त्रीलाई मागपत्र बुझाईएको छ ।

त्यस्तै यौन तथा प्रजनन स्वास्थ्य अधिकारका कुराहरु पाठ्यक्रममा समावेश गरि हरेक तहका कक्षामा पढनपाढन गरिनुपर्ने साथै विद्यालय बाहिर रहेका बालबालीकाहरुलाई समेत यससम्बन्धि तालीमको व्यवस्था र आत्मरक्षाको तालीम दिईनुपर्ने र यौनजन्य तथा महिला विरुद्ध हुने हिंसाको अन्त्य गर्न प्रदेश सरकार र स्थानिय सरकारले आ–आºनो क्ष्ँेत्रमा निती तथा कार्यक्रमको निर्माण गरि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने भन्दै पांच बुंदे मागपत्र बुझाएको हो ।

नेपाल युवा संस्था संजाल (आयोन) कर्णाली प्रदेशको माागपत्र बुझ्दै कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री दल रावलले आयोन र हुरेक नेपाल लगायत संस्थाले बुझाएको मागपत्रप्रती गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । उनले भने ‘बलात्कारीलाई मृत्यु दण्ड दिईनुपर्ने हो तर त्यसमा नेपालको संविधान र विभिन्न अन्र्तराष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेकोले मिल्दैन ।

बलात्कारीलाई बांचुन्जेल जेलमा सड्न दिनु पर्छ ।’ कर्णालीमा जनता ढुक्क हुने वातावरण हामी तय गर्नेछौं । उनले थपे‘ कर्णाली प्रदेश सरकारले बलात्कार तथा हिंसाजन्य अपराध नियन्त्रणमा जनचेतना मुलक कार्यक्रमका लागी बजेट समेत छुट्टाएको छ । ’

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्