Logo
१५ चैत्र २०८०, बिहीबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहा पाइराख्नुहोस् यस हप्ताको राशिफल

यस हप्ताको साप्ताहिक राशिफल
(२०७५ साल भाद्र १७ गतेदेखि भाद्र २३ गतेसम्म)

मेष
काममा उन्नति र प्रगति होला। आध्यात्मिक क्षेत्रमा लाभ मिल्ला। घरपरिवारमा सुख, शान्ति, समृद्धि रहनेछ। विद्या, बुद्धि बढ्ला। मान-सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। साताभर मनमा उत्साह र उमङ्ग रहनेछ।

वृष
आर्थिक समृद्धिको साता रहला। मान-सम्मान, इज्जत, प्रतिष्ठा मिल्नेछ। कृषि क्षेत्र निकै राम्रो रहनेछ। विद्या, बुद्धि बढ्ला। घरपरिवारको सहयोग प्राप्त होला। राजनीतिक र सामाजिक क्षेत्रमा त्यति राम्रो हुने देखिएको छैन। परिवारमा सुख, शान्ति समृद्धि रहनेछ।

मिथुन
साता निकै राम्रो बित्ने देखिन्छ। आर्थिक समृद्धि रहनेछ। नयाँ घर, जग्गा, जमिनका योगहरू बढ्नेछन्। पारिवारिक सुख, शान्ति, समृद्धि रहनेछ। स्वास्थ्यमा निकै विचार गर्नुपर्ला। मान-सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। घरपरिवारको सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवनमा खुसी र उत्साह, उमङ्ग छाउनेछ। लेनदेनमा विचार पुऱ्याउनुपर्नेछ।

कर्कट
साता सामान्य तरिकाले बित्नेछ। मनमा कौतूहल र चिन्ता रहनेछ। केही कामहरू रोकिन सक्नेछन्। सवारी साधनको योग छ। साहित्य, सङ्गीतमा निकै राम्रो प्रदर्शन होला। परिवारमा सुख, शान्ति, समृद्धि रहनेछ। धार्मिक कार्यमा सफलता मिल्ला। देशविदेशबाट खुसीको खबर सुन्न पाइनेछ। विद्या, बुद्धि बढ्ने देखिएको छ। आर्थिक र राजनीतिक क्षेत्रमा राम्रो देखिएको छ।

सिंह
स्थानान्तरणको योग बढ्नेछ। खानपानमा निकै विचार गर्नुपर्ला। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्ने देखिन्छ। हजुरले गर्न खोज्नुभएको कार्यबाट मान, सम्मान प्राप्त होला। लेनदेनमा विचार पुऱ्याउनुपर्नेछ। दाम्पत्य जीवनमा खुसी र उत्साह, उमङ्ग छाउनेछ। पशु-चौपायमा लाभ हुनेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।

कन्या
साता निकै सुखद तरिकाले बित्ने देखिन्छ। आर्थिक समृद्धिको समय रहनेछ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्ने देखिन्छ। लेनदेनमा विचार पुऱ्याउनुहोला। मनमा केही कौतूहल र चिन्ता रहन सक्नेछ। घरपरिवारको सहयोग प्राप्त हुनेछ। जागिरेहरूका लागि साता मध्यम रहनेछ। हजुरले गर्न खोज्नुभएको नयाँ काममा दु:ख र अड्चन बेहोर्नुपर्ने देखिन्छ।

तुला
साता निकै राम्रो रहेको छ। आर्थिक मजबुती र उन्नतिको साता छ। लेनदेनमा विचार पुऱ्याउनुहोला। नयाँ कार्यको थालनी हुनेछ। पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि मिल्ला। घरपरिवारको सहयोग प्राप्त होला। खानपानमा भने धेरै विचार पुऱ्याउनुपर्नेछ। नयाँ घर, जग्गाको योग बन्नेछ। विद्या, बुद्धि बढ्ने देखिन्छ।

वृश्चिक
साता उत्कृष्ट रहेको छ। आर्थिक समृद्धि प्राप्त हुनेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। लेनदेनमा विचार पुऱ्याउनुहोला। दाम्पत्य जीवनमा कटुता रहनेछ। कसैले झुटा आरोप लगाउन सक्नेछन्। हजुरले गर्न खोज्नुभएको नयाँ कार्यमा बाधा पर्न सक्ने देखिन्छ। यात्रा सुखद रहनेछ।

धनु
पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। लेनदेनमा विचार पुऱ्याउनुहोला। परिवारमा केही अप्ठ्याराहरू सहनुपर्ला। हजुरले गर्न खोज्नुभएको नयाँ कार्यमा बाधा, अड्चन आउन सक्नेछन्। सामाजिक र राजनीतिक क्षेत्रमा मान, सम्मान, प्रतिष्ठा प्राप्त हुनेछ।

मकर
व्यापार व्यवसायमा लाभ हुनेछ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। दाम्पत्य जीवनमा केही समस्या आउने देखिन्छ। कृषि क्षेत्रमा लाभ हुनेछ। लेनदेनमा विचार पुऱ्याउनुहोला।

कुम्भ
साता उत्कृष्ट रहेको छ। व्यापार, व्यवसायमा लाभ हुनेछ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त होला। हजुरले गर्न खोज्नुभएको कार्यमा अप्ठ्यारा, बाधा र अड्चन आउन सक्नेछन्। दाम्पत्य जीवनमा समस्या हुने देखिएको छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।

मीन
साता उत्कृष्ट रहेको छ। आर्थिक समृद्धि प्राप्त हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा राम्रो देखिएको छ। खानपानमा निकै ध्यान दिनुपर्नेछ। लेनदेनमा विचार पुऱ्याउनुहोला। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्ला। नयाँ सवारी साधनको योग रहेको छ।

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्