Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा अवतरणका क्रममा यति एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट ३ जना चालक दलका सदस्य र २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम,९एन-एएचडब्लू’ विमान शनिवार राति अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको यति एयरलाइन्सले जानकारी दिएको छ ।

कम्पनीका अनुसार शनिवर राति ८ बजेर ३० मिनेटको समयमा दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

जहाज दुर्घटना भएपछि केही समय विमानस्थल बन्द गरिएको थियो । चिप्लिएको जहाजलाई प्राधिकरण एवम् एयरलाइन्सका कर्मचारीले सुरक्षित स्थानमा ल्याउन प्रयास गरिरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: Sep 1, 2018

प्रतिक्रिया दिनुहोस्