Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीमा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेना (फोटोफिचर)

लुम्बिनी : श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेना बुद्ध जन्मस्थलको भ्रमणका लागि लुम्बिनी पुगेका छन् । पर्यटनमन्त्री रविन्द अधिकारीले लुम्बिनीमा स्वयं उनलाई स्वागत गरेका छन् ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका मैत्रीपाला सिरिसेना आज चार्टर विमानबाट भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी पुगेका हुन् ।

हेनुस् फोटो फिचर :

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनालाई बुद्ध जन्मस्थल लुम्बिनीमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले शनिबार स्वागत गर्नुहुँदै ।
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुहुँदै ।
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा रहेको अशोक स्तम्भका बारेमा जानकारी लिनुहुँदै ।
श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरबाट अवलोकन गर्नुहुँदै ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शनपछि पूजा प्रार्थना गर्नुहुँदै । तस्वीर : भरत केसी
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनालाई बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबार मायाको चिनो प्रदान गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारी ।

प्रकाशित मिति: Sep 1, 2018

प्रतिक्रिया दिनुहोस्