Logo
१३ बैशाख २०८१, बिहीबार
(September 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा हिरातमा रहेका राम मनोहरको मृत्यु

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने राम मनोहर यादवको मृत्यु भएको छ । बर्दिया स्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका यादवको मृत्यु हिरासत भित्रै भएको हो । बाँके गनापुर कपासी, जानकी गाउँपालिकाका यादव स्वतन्त्र मधेश गठबन्धनमा आवद्ध थिए ।

यादव सहित हरपाल सिंह, इरफान शेख र राजितराम वर्मालाई नेपाल प्रहरीले गत भाद्र ७ गते जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवको उपस्थितिमा भएको एउटा कार्यक्रमबाट पक्राऊ गरिएको थियो ।

यादवलाई कालो झण्डा देखाएको आरोपमा गिफ्तार गर्दै प्रहरीले उनको विरुद्ध राज्यविप्लवको मुद्दा चलाएको थियो । यादवसँगै पक्राउ परेकाहरु मध्ये हरपाल सिंह, इरफान शेख र राजितराम वर्मा जिल्ला प्रहरी कार्यालय, बर्दियाको हिरासत गुलरियामै रहेका छन् ।

हिरातमै बिरामी परेका यादवको उपचारको क्रममा काठमाडौं ल्याउँदै गर्दा हिजो शुक्रबार राती करीब २ बजे बाटोमै मृत्यु भएको हो । उनलाई प्रहरी हिरासतमा चरम यातना दिएका कारण उनी बिामी भएको बताइएको छ । बुधबार राती हिरासतमा हाथखुट्टा नचल्ने भएपछि यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

यसअघि २०७२ साल चैत्र ६ गते नेपालगञ्जको महेन्द्रपार्कबाट प्रहरीले गिरफ्तार गर्दै यादव सहित ८ जनामाथि प्रहरीले राज्यविप्लवको मुद्दा चलाएको थियो। सो मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले २०७४ साल फाल्गुण ३ गते सफाई दिएको थियो । त्यसपछि फेरि २०७३ साल मंसीर १० गते पनि स्वतन्त्र मधेश गठबन्धनले नेपालगञ्जमा आयोजना गरेको ‘रंगभेदी दिवस’ को अवसरमा यादवलाई नेपाल प्रहरीले गिरफ्तार गरी मंसीर १२ गते मात्रै छोडेको थियो।

त्यस्तै, २०७४ साल आषाढ़ २ गते पनि स्थानीय निर्वाचन अगाडि ‘नो भोट’ को प्रचारप्रसार गरेको आशंकामा यादवलाई नेपाल प्रहरीले पक्राऊ गरेको थियो। सो मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा आषाढ़ १९ गते यादवलाई रिहा गरिएको थियो। प्रहरीले बिना कसूर र आधार पटक-पटक पक्राऊ गरी यातना दिने गरेको विषयमा २०७३ साल मंसीर १४ गते यादव सहित चारै जनाले नेपाल राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर ज्ञापनपत्र समेत दिएका थिए। ३० वर्षीय मृतक यादवका २ छोरा र १ छोरी छन् । उनकी पत्नी गृहणी हुन् ।

प्रकाशित मिति: Sep 1, 2018

प्रतिक्रिया दिनुहोस्