Logo
१३ बैशाख २०८१, बिहीबार
(September 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जमिनमा चिरा परेर फाटेपछि काठमाडौंमा ४ घर भत्किए, १४ घर धरापमा

काठमाडौं : काठमाण्डौ स्थित बूढानिलकण्ठ नगरपालिकामा जमिन फाटेर चार घर भत्किएका छन् । बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका हुन् । थप १४ घरसमेत धरापमा परेका छन् । यसकारण १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिनमा चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो ।

चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् भन्दै कान्तिपुरमा समाचार छ ।

प्रकाशित मिति: Sep 1, 2018

प्रतिक्रिया दिनुहोस्