Logo
१५ चैत्र २०८०, बिहीबार
(August 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्लिम र फिट कसरी हुने ? निम्न कुराहरुमा ध्यान दिनुहोस

एजेन्सी : यदि तपाइर्ं पनि मोटोपनाको समस्याले चिन्तित हुनुभएको छ र विभिन्न प्रयास गर्दा पनि तौल कम गर्न असफल हुनुभएको छ भने अब चिन्ता नगर्नुहोस् । आफ्नो प्रयासहरुमा थोरै मात्रै परिवर्तन गर्नुभयो भने तपाईंले आफूले चाहेको जस्तो परिणाम देख्न सक्नुहुन्छ ।

तौल कम गरेर आकर्षक र छरितो देखिन निम्न कुराहरुमा ध्यान दिन सकिन्छ :

स्वस्थ खानपान र पर्याप्त व्यायाम

सबैभन्दा पहिले तौल धेरै हुनुका २ कारणहरु हुन्छन् भन्ने बुझ्नपर्छ । पहिलो, हामी जंक फुड धेरै खान्छौं र दोस्रो, हामी वर्कआउट वा शारीरिक व्यायाम गर्दैनौं ।

धेरै क्यालोरी हुने चिल्लो, मसालेदार, तारेको खानेकुराहरु खाने तर पर्याप्त शारीरिक व्यायाम नगरेपछि शरीरमा क्यालोरी जम्मा हुन्छ र मानिस मोटाउन थाल्छन् । त्यसैले स्वस्थ र सन्तुलित खानाहरु मात्रै खाने गरौं ।

त्यस्तै आजभोली हामी प्रविधिका गुलाम भएका छौं र जे काम गर्न पनि प्रविधिको भर पर्छौं । हामी शारीरिक श्रम गर्दैनौं । मोटोपनाले सताएपछि मात्रै हामी शारीरिक रुपमा धेरै सक्रिय हुने प्रण लिन्छौं तर, एक दुई दिन पछि नै फेरि अल्छी भैहाल्छौं ।

यदि तपाईं आफ्नो मोटोपना घटाएर स्लिम र फिट रहन चाहनुहुन्छ भने घरको काम हरु गर्ने र कम्तीमा पनि दिनको १० हजार कदम हिँड्ने बानी बसाल्नुहोस् । यस्तै छोटो दुरीको लागि गाडी, स्कुटी वा बाइक प्रयोग नगरौं ।

फिटनेशको कुनै सर्टकट शुत्र हुँदैन

फिटनेशको कुनै सर्टकट शुत्र हुँदैन । तपाई मोटोपना घटाउन चाहनुहुन्छ भने तपाईले पसिना बगाउनै पर्छ । नियमित जिम जानुहोस् र वेट ट्रेनिङको प्राक्टिस गर्नुहोस ।

आवश्यक परेमा पर्सनल ट्रेनर लिन नहच्किनुहोस् किनभने उनीहरु तपाईंको सामथ्र्यलाई हेरेर तपाईंसँग फ्लोरमा सही एक्सरसाइज गराउन सक्छन् । उनीहरुलाई सहि तरिकाले व्यायाम कसरी गर्ने भन्ने ज्ञान हुन्छ ।

उनीहरुले तपाईलाई राम्रोसँग ट्रेन गर्दै उत्साहित गराउँछन् । तपाई जब एक राम्रो प्रशिक्षकको साथमा काम गर्नुहुन्छ भने उनीहरुले तपाइर्ंको खानपान र व्यायाममा पनि उनी उचित ध्यान दिन्छन् । तपाईंले उनीहरुबाट धेरै सिक्न सक्नुहुन्छ ।

आफ्नो आहारमा प्रोटिन धेरै लिनुहोस् । धेरैजसो नेपालीमा प्रोटिनको कमी रहन्छ । प्रोटिनयुक्त खाना खानाले धेरै समयसम्म तपाईंको पेट भििरएको जस्तो लाग्छ । तपाई धेरै राम्रोसँग एक्सरसाइज गर्न पाउनुहुन्छ । जसले तपाईको उद्देश्यलाई राम्रोसँग पुरा गर्न मद्धत गर्छ ।

बिस्तरामा गएपछि आफ्नो दिमाग फोनमा नअल्झाउनुहोस् । सुत्ने समय हातमा फोन लिनाले तपाईको सुत्ने समय प्रभावित हुन सक्छ । निन्द्रा डिस्टर्ब गर्नुमा फोनको ठूलो हात हुन्छ भन्ने तपाईलाई थाहा नहुन पनि सक्छ ।

सुत्न ढिलो भयो वा निन्द्रा लागेन भने आफ्नो फोन अन्तै राखेर केवल सुत्नमा आफ्नो ध्यान केन्दि्रत गर्नुहोस् ।

फिटनेश मोडलहरुको नक्कल नगर्नुहोस्

इन्स्टाग्राममा सिकाइने फिटनेसमा धेरै भर नपर्नुहोस् । यसमा सत्यता धेरै कम हुन्छ र झुट धेरै हुन्छ । त्यसैले आफ्नो स्वास्थ्य राम्रो बनाउन ध्यान दिनुहोस् र आफ्नो तर्फबाट कोसिस गर्नुहोस् ।

कुनै फिटनेस मोडलको नक्कल नगर्नुहोस । उनीहरुमा धेरैले स्टेराइड लिन्छन र तपाईं यसबाट टाढा रहनुपर्छ । शान्त रहनुहोस र जीवनमा व्यवहारिक भएर तौल घटाउने वास्तविक प्रयास गर्नुहोस् ।

मोडल वर्षौंदेखि फिटनेसको ट्रेनिङ लिइरहन्छन र अधिकांश मोडल वर्षभरी स्टेराइड लिन्छन् । उनीहरुको फिगर नै उनीहरुको पहिचान हो भन्ने सम्भिmनुहोस् र २ महिनामै कुनै मोडल जस्तो फिगर पाउने आशा नगर्नुहोस् ।

त्यसैले सामाजिक सञ्जालमा देखिने मोडलहरुको नक्कलमा आफ्नो इनर्जी नलगाउनुहोस् ।

अव्यवहारिक लक्ष्य नलिनुहोस्

आफ्नो तौल कम गर्न र फिटनेसमा ध्यान दिन चाहनुहुन्छ भने ती मानिसको वरिपरि रहनुहोस् जो फिटनेसलाई गम्भिरतापूर्वक लिन्छन् । अनूभवी र तालिम लिएका साथीहरुले यसमा कुरा गर्छन । उनीहरुको विश्वास गर्नुहोस् जसले तपाईलाई फाइदा हुन्छ ।

फिटनेसको सौखिनले आफ्नो साथीहरुलाई आफ्नो तौल कम गर्ने संकल्प बताउँछन् । उनीहरुसंग तपाईंले मद्धत माग्नुहोस् र फिटनेसको सौखिन साथीहरुले तपाईको कस्तो मद्धत गर्छ हेर्नुहोस् । रमाईलो गर्दागर्दै स्लिम र फिट हुँदै जाने मजा लिनुहोस् ।

एउटा समय तय गर्नुहोस् । व्यवहारिक रुपले सोचेर अव्यवहारिक समयसीमा सेट नगर्नुहोस् । २ हप्तामा १५ किलोग्राम तौल कम गर्नु छ भनेर नसोच्नुहोस् किनभने यस्तो सोच निरर्थक छ ।

यस्तो लक्ष्य प्राप्त नभएको अवस्थामा तपाईको निराशा बढ्ने छ र फिटनेसको सबै उत्साह सकिन्छ किनकी यस्तो लक्ष्य अव्यवहारिक छ ।

प्रकाशित मिति: Aug 30, 2018

प्रतिक्रिया दिनुहोस्