Logo
१२ बैशाख २०८१, बुधबार
(August 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपद : घरको दलिन भाँचिदा एकै परिवारका ५ जनाको मृत्यु

सल्यान स्थित घरको दलिन भाँचिदा एउटै परिवारका ५ जनाको मृत्यु भएको छ । मंगलबार राति ९ बजे तीर घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा परिवारका ६ जना मध्ये ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुवाआमासहित २ छोरी र १ छोराका रहेका छन् । मृत्यु हुनेमा ४० वर्षका रामसिंह कामी, उनकी ३५ वर्षकी श्रीमती राम कला कामी रहेकी छन् ।

यस्तै छोरीहरु ७ वर्षकी गगां बिक र ६ वर्षकी प्रमिला बिक तथा छोरा ४ वर्षका रुपलाल बिकको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

सँगै सुतेकी रामसिंहकै अन्दाजी ११ वर्षकी छोरी सुनिता बिक घाइते भएकी छन् । घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति: Aug 29, 2018

प्रतिक्रिया दिनुहोस्