Logo
११ बैशाख २०८१, मंगलबार
(August 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज जनैपूणिर्मा : थाह पाउनुहोस् साप्ताहिक राशिफल (भिडियो सहित)

(२०७५ साल भाद्र १० देखि भाद्र १६ सम्म)

मेष
काममा उन्नति, प्रगति हुनेछ। आफन्त, परिजनको सहयोग प्राप्त होला। इज्जत, प्रतिष्ठा मिल्नेछ। स्वास्थ्य निकै राम्रो देखिन्छ। पारिवारिक तथा दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि मिल्नेछ। लेनदेनमा थोरै विचार पुऱ्याउनुपर्ला। व्यापार व्यवसायमा लाभको साता छ। राजनीतिक र सामाजिक क्षेत्रमा निकै रामो उन्नति हुनेछ।

वृष
साता सामान्य रूपमा बित्नेछ। लेनदेनमा विचार पुऱ्याउनुपर्नेछ। मानसिक अशान्ति र कौतूहल रहनेछ। झुटा आरोप, प्रत्यारोप बेहोर्नुपर्ला। सवारी साधनमा निकै विचार पुऱ्याउनुपर्नेछ। दाजुभाइ, दिदीबहिनीबाट भरपुर सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। साहित्य र कलामा नाम, इज्जत, प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायमा लाभ हुनेछ।

मिथुन
नयाँ कार्यको थालनी होला। आफन्त, परिजनको सहयोग भरपुर रूपमा प्राप्त होला। खानपानमा थोरै विचार पुऱ्याउनुपर्ला। साहित्य, संगीत तथा राजनीतिक र सामाजिक क्षेत्रमा नाम, इज्जत, प्रतिष्ठा बढ्नेछ। लेनदेनमा केही विचार पुऱ्याउनुपर्नेछ। नयाँ सवारी साधनको योग बन्नेछ। दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ।

कर्कट
साता निकै राम्रो छ। रोकिएको काम बन्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। डुबेको पैसा फिर्ता आउन सक्ने देखिन्छ।मुद्दामामिलामा विजयको योग छ। साहित्य, संगीत क्षेत्रमा इज्जत बढ्नेछ। आर्थिक समृद्धिको साता रहला। जागिरमा उन्नति, प्रगति हुनेछ।

सिंह
शिक्षा पक्षमा सफलता मिल्नेछ। आर्थिक पक्ष मध्यम रहला। लेनदेनमा विचार पुऱ्याउनुपर्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्नेछ। यात्रा सुखद रहनेछ। देशविदेशबाट खुसीको खबर सुन्न पाउनुहुनेछ। दाम्पत्य जीवनमा केही कटुता रहन सक्नेछ। सवारी साधनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। साहित्य, संगीतमा निकै राम्रो सफलता प्राप्त हुने देखिन्छ।

कन्या
नयाँ कार्यको थालनी हुनेछ। जागिरेहरूका लागि तनाव र अप्ठ्यारा पक्षहरू रहन सक्नेछन्। खानपानमा मुख बार्नुपर्नेछ। नचाहिँदा झुटा आरोप, प्रत्यारोप सहनुपर्नेछ। सामाजिक क्षेत्रमा लाभ होला। कृषि क्षेत्रमा निकै राम्रो छ। दाम्पत्य जीवनमा कटुता रहला। राजनीतिक क्षेत्र राम्रो देखिन्छ।

तुला
सुख, शान्ति र समृद्धिको साता छ। नयाँ सवारी साधन तथा घर, जग्गाजमिनका योगहरू बन्नेछन्। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्ला। लेनदेनमा धेरै विचार गर्नुपर्नेछ। दाम्पत्य जीवनमा केही अप्ठ्यारा र समस्याहरू रहनेछन्। आफूले गर्न खोजेको नयाँ काममा सफलता प्राप्त हुनेछ। कृषि क्षेत्रमा राम्रो छ। दाजुभाइबीच अप्ठ्यारा पक्षहरू रहन सक्नेछन्।

वृश्चिक
साता उत्कृष्ट छ। रोकिएको काम बन्ला। नयाँ सन्ततिको योग छ। शुभ कार्यमा सरिक हुने साता रहेको छ। आध्यात्मिक र धार्मिक कार्यमा निकै रूचि जाग्ने देखिएको छ। यात्रा सुखद रहनेछ। नयाँ कार्यको थालनी होला। व्यापार व्यवसायमा लाभ हुनेछ।

धनु
साता उत्कृष्ट छ। रोकिएको काम बन्नेछ। नयाँ सवारी साधनका योगहरू बन्लान्। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। लेनदेनमा धेरै विचार गर्नुपर्नेछ। सोचेका काममा बाधा र समस्याहरू रहलान्। राजनीतिक क्षेत्रमा केही झुटा आरोप, प्रत्यारोप लाग्न सक्नेछन्। खानपानमा विचार पुऱ्याउनुहोला। केही रकम बाहिर जाने पनि देखिन्छ। दाजुभाइबीचको माया, प्रेम र सद्भाव राम्रो देखिन्छ।

मकर
व्यापार व्यवसायमा श्रीवृद्धिको साता रहनेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्ला। दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि मिल्नेछ। राजनीतिक क्षेत्र सामान्य छ। साहित्य, संगीतमा निकै अगाडि बढ्नुहुनेछ। यात्रा हजुरको लागि सहज रहनेछ। मातापिताको आशिर्वाद मिल्नेछ।

कुम्भ
साता उत्कृष्ट छ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्नेछ। आफन्त, परिजनबाट पाउने सहयोग र उन्नति, प्रगति यहाँको लागि निकै राम्रो छ। लेनदेनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। शिक्षा क्षेत्रमा राम्रो छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।

मीन
साता सामान्य छ। व्यापार व्यवसायमा मध्यम लाभ छ। खानपानमा थोरै विचार पुऱ्याउनुपर्नेछ। धार्मिक कार्यमा सरिक हुनुहोला। जागिरेहरूका लागि साता मध्यम छ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्नेछ। नयाँ सवारी साधनको योग बन्ला। दाम्पत्य जीवनमा केही कटुता रहन सक्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा इज्जत, प्रतिष्ठा बढ्नेछ। दाजुभाइ, दिदीबहिनीबीचको माया, प्रेम र सद्भाव बढ्नेछ।

प्रकाशित मिति: Aug 26, 2018

प्रतिक्रिया दिनुहोस्