Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरा विमानस्थल निर्माणका लागि सरकारले थप जग्गा अधिग्रहण नगर्ने

पोखरा : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहण नगर्ने स्पष्ष्ट पारेका छन् । बुधबार निर्माणाधीन विमानस्थलमा टर्मिनल भवन बनाउनको शिलान्यास गर्दै उनले विमानस्थलका लागि थप जग्गा आवश्यक नपर्ने भएकाले ढुक्क हुन पोखराबासीलाई आग्रह गरे ।

मन्त्री अधिकारीले रन-वे का लागि थप जग्गा आवश्यक नभएको समेत बताए । पोखराको भौगोलिक अवस्था अनुसार १९२ देखि २०० सिट क्षमताको जहाज मात्र उड्ने र त्यसका लागि अहिलेको २ हजार ५ सय मिटरको रन-वे नै पर्याप्त हुने मन्त्री अधिकारीको भनाइ छ । रन-वे बढाउँदैमा विमानस्थलको क्षमता नबढ्ने उनले दाबी गरे । विज्ञले भन्दैमा आत्तिइहाल्न नपर्ने बताउँदै उनले रन-वे बढाउने कुनै योजना नभएको बताए ।

‘यहाँको भौगोलिक धरातल नै यस्तो छ, ठूलठूला बोइङ उडाउन यहाँ सम्भव छैन, १९२ देखि २०० सिट क्षमताको जहाज त २५०० मिटरको रन-वे मा पनि मज्जाले आउँछ, त्यसैले थप जग्गा आवश्यक छैन र अधिग्रहण पनि गरिदैन ।’ विमानस्थलका लागि पेट्रोल भण्डारण र हृयांगरका लागि जग्गा अधिग्रहण गर्ने हल्ला चलिरहँदा मन्त्री अधिकारीले भने अब कुनै पनि कामका लागि तत्काल जग्गा अधिग्रहण गर्न आवश्यक नरहेको बताएका हुन् ।

उनले पेट्रोल भण्डारण र हृयांगरका लागि जग्गा चाहिए अहिले विमानस्थलभित्रै बनाउन सकिने र थप जग्गा चाहिए स्थानीयलाई चित्त बुझाएर खरिद गर्न आफूले निर्देशन दिइसकेको जानकारी गराए ।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा टर्मिनल भवन बनाउन शुरु भएको छ । टर्मिनल भवनको पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार पूजापाठसहित शिलान्यास गरे । बुधबार शिलान्यास गरिएको सो टर्मिनल भवन मिड जुलाई २०२० सम्ममा निर्माण सक्ने विमानस्थल निर्माण कम्पनी सिएएमसीले जनाएको छ । कम्पनीका अनुसार कुल १४ हजार वर्ग मिटरको टर्मिनल भवन बन्नेछ । जुन अन्तर्राष्ट्रिय उडानका लागि ८ हजार र आन्तरिक उडानका लागि ६ हजार वर्गमिटरको क्षेत्रफलमा हुनेछ ।

 

प्रकाशित मिति: Aug 22, 2018

प्रतिक्रिया दिनुहोस्