Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतबाट रिहा भए लगत्तै पक्राउ परे प्रकाण्ड

काठमडौं : जबरजस्ती चन्दा असुलेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतले रिहा गरे लगत्तै प्रहरीले पक्राउ गरेको छ। साउन २८ गते बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले महान्यायाधीवक्तको कार्यालयमार्फत् ४८ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएका थिए।

उनका छोरा नरेन्द्रबहादुर विश्वकर्माले गृहमन्त्रालयलाई विपक्षी बनाउँदै दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार रिहा गर्न आदेश दिएको थियो। त्यस लगत्तै एनसेल टावरमा आगजनी गरेको मुद्दामा उनलार्इ काठमाडौं प्रहरीले फेरि पक्राउ गरेको हो ।

सोही मुद्दाको शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीले प्रकाण्डलाई रिहा गर्न आदेश दिएका थिए। प्रकाण्डलाई साउन २२ गते हेटौंडाबाट काठमाडौं आउने क्रममा सात करोड बढी चन्दा लिएको प्रमाणसहित सान २२ गते नेपाल प्रहरीले विशेष ब्यूरोले दक्षिणकालीबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्