Logo
८ बैशाख २०८१, शनिबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धेरै धुवाँ फाल्ने सवारीलाई चल्न रोक, अब घरमै थन्काउनुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिका र ललितपुर उपहानगरपालिकामा प्रदुषणमा फेल हुने गाडीलाई चल्न रोक लगाएको छ । काठमाडौँ उपत्यकाको वायूप्रदुषण नियन्त्रण गर्न सरकारले आजदेखि प्रदुषणमा फेल हुने गाडीलाई चल्न रोक लगाउने निर्णय गरेको हो । यसअघि कारबाही गरेर चलाउन दिने गरिएपनि शुक्रबारदेखि पूर्ण रुपमा बन्द गरिएको हो ।

यातायात व्यवस्था विभागले प्रदुषणमा पास भएर हरियो स्टिकर टाँसेका गाडीहरुलाई मात्र चल्न दिएको छ । गुडेका सवारी साधनहरुको चेकजाँचका लागि नगरको अनुगमन टोली खटिएको छ । हरियो स्टिकर नभएका सवारी साधनलाई नियन्त्रणमा लिने काम भइरहेको विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिएका छन् । साउन १ देखि हरियो स्टिकर विनाका सवारी साधनलाई बन्देज लगाउने निर्णय भए पनि कार्यान्वयन भएको थिएन ।

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्