Logo
१३ बैशाख २०८१, बिहीबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेपाल आईडल’मा गलाको जादु देखाए मिन राज ले (भिडियो सहित)

काठमाडौँ : ‘नेपाल आइडल’ प्रथम संस्करणको अपार सफलतापछि यसको दोश्रो संस्करणका कार्यक्रमहरु एपिवान टेलीभिजनबाट बिहिबार र सुक्रबार गरेर हप्तामा दुई दिन प्रसारण भइरहेको छ । हिजो बिहीवार मात्र प्रसारित एपिसोडमा हेटौँडा अडिसन सम्पन्न भएको छ जसमा थुप्रै प्रतिस्पर्धिहरु अडिसन दिनकालागि उत्साहित रुपमा आएका थिए ।

तिनै प्रतिस्पर्धीको लाईनमा चितवन रत्ननगर घर भएका र पेशाले शिक्षक रहेका मिनराज पौडेल नेपाल आइडल सिजन–२ को अडिसन दिनकालागि गितार बोकेर मकवानपुरको हेटौँडा पुगेका थिए ।

भिडियो हेर्न तलको लिङ्कमा जानुहोस

स्वरको जादु छरेका उनले एकपछि अर्को गीत गाउँदै उनले निर्णायकलाई पनि उठाएर आफुप्रति साहानुभुति सहित हौसला बढाउन वाध्य पारिदिए ।

नेपाल आइडलका दुवै सिजनका अडिसनबाट अघिल्लो चरणमा जाने अरु प्रतिस्पर्धीले गोल्डेन टिकट मात्रै पाउने गरेका थिए । तर उनले भने गोल्डेन माइक पाउँदै सिधै गाला राउन्डमा प्रवेश गरेर देखाई दिएका छन । नेपाल आइडलमा दुवै सिजनका अडिसन राउन्डबाट सीधै गाला राउन्डमा प्रवेश पाउने उनी पहिलो प्रतिस्पर्धी हुन् ।

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्