Logo
१३ बैशाख २०८१, बिहीबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमाथि कांग्रेस सह-महामन्त्री महतको गम्भिर आरोप

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारकै कारण संघीयता धरापमा पर्ने खतरा बढेको धारणा राखेका छन् ।

उनले भने,‘अहिलेको सरकारका अलोकप्रिय र जनविरोधी काम र निर्णयहरुका कारण ठूलो संघषबाट प्राप्त भएको संघीय शासन व्यवस्थाप्रति दिनप्रतिदिन जनताको वितृष्णा बढ्दै गएको छ ।’

पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै डा.महतले भने– सरकारले वैज्ञानिक कारण बिना तथा हचुवाका भरमा यसरी करहरु लगाइरहेको छकि यसले जनतामा व्यवस्थाप्रति नै ठूलो निराशा र त्रास उब्जाएको छ, यसरी जनतामा त्रास छाउने र जनताको विश्वास नै नरहने हो भने कुनैपनि व्यवस्था दिगो बन्न सक्दैन ।

दुई तिहाई बहुमतको र स्थायित्वसहितको भनिएको वर्तमान सरकार बनेपछि जनतामा झन ठूलो निराशा छाएको र मुलुकमा राजनीतिक तरलता बढेर अब के होला भोलि के होला भन्नेजस्तो अवस्थाको सिर्जना भएको उनले बताए ।

उनले भने,‘सरकार तत्कालै सच्चिएन र जनतामा भरोसा भर्न सकेन भने नेपाली जनताले यो सरकारको विकल्प त खोज्ने नै छन्, त्यतिबेला संघीय शासन व्यवस्थाकै विकल्पमा जनता उभिए भने त्यो खतरापूर्ण अवस्थाको जिम्मेवारी पनि अहिले सरकारमा रहेको कम्युनिष्ट पार्टीले नै लिनुपर्छ ।’

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्