Logo
७ बैशाख २०८१, शुक्रबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन

काठमाडौं : नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावर बनाएको विरोधमा राजधानीमा एक युवाले नाङ्गै प्रदर्शन गरेका छन्। अनामनगरस्थित नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदर माग गर्दै प्रदर्शन गरिएको हो । नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् ।

‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए । आफूलाई पशु अधिकारकर्मी बताउने बिपिन लिम्बूले एक्कासी कपडा खोलेर सडकमा उत्रिँदै प्रदर्शन गरेको सिंहदरबार बृत्तका डिएसपी काजीकुमार आचार्यले जानकारी दिए ।

उनलाई प्रहरीले तत्कालै पक्राउ गरिसकेको उनले बताए । नाङ्गै प्रदर्शन गर्ने युवालाई अहिले सिंहदरबार प्रहरी बृत्तमा राखिएको छ ।उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ पर्नेमा जितिन लिम्बु छन् । सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेकाले उनलार्इ पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार अाचार्यले बताए । हाल लिम्बुलार्इ वृत्तको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्