Logo
१५ चैत्र २०८०, बिहीबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्राईडे रिलिज अन्तर्गत यो साता चार फिल्म बक्सअफिसमा आमनेसामने

काठमाण्डौ : फ्राईडे रिलिज अन्तर्गत यो साता चार फिल्म बक्सअफिसमा आमनेसामने भएका छन् । विशारद बस्नेत निर्देशित ‘मिस्टर भर्जिन’, प्रदिप श्रेष्ठको ‘ब्ल्याक’, रुपेश तामाङ निर्देशित ‘जय शम्भु’ र लय संग्रौलाको ‘१२ मासे’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् ।

तीन भर्जिन युवाको एक रातको कथा बोल्ने ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्मले सेन्सर बोर्डबाट ‘एडल्ट सर्टिफिकेट’ पाएको छ ।

अभिनेत्री आँचल शर्मा पहिलो पटक अभिनेता पल शाह नभएको फिल्ममार्फत् पर्दामा देखिएकी छन् । ‘ब्ल्याक’ मा उनको जोडी अभिनेता आकाश श्रेष्ठसँग बाँधिएको छ । यस फिल्मले यी दुईको प्रेममा आउने उतारचढावको कथा वाचन गरेको छ । आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्यको पनि फिल्ममा अभिनय छ ।

 

एक्सन प्याक्ड फिल्म ‘जय शम्भु’ मार्फत् पहिलो पटक दुई ह्याण्डसम भिलेन पर्दामा देखिएका छन् । अभिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीको यसमा प्रमुख भूमिका छ । फिल्ममा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेताबीचको द्वन्द्व देख्न सकिन्छ ।

यस्तै, कमेडी फिल्म ‘१२ मासे’ मा अभिनेता जयकिशन बस्नेत प्रमुख भूमिकामा छन् । बिना प्रचार रिलिज भएको यसले जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको छ । प्रदीप पाठक, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापालगायतका कलाकारहरुको पनि उक्त फिल्ममा अभिनय छ ।

हल र दर्शक संख्याका हिसाबले एकै साता एकभन्दा बढी फिल्म रिलिज हुनुलाई व्यापारिक रूपमा जोखिमपूर्ण मानिन्छ । अब शुक्रवारबाट प्रदर्शनमा आएका चार फिल्म ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’, ‘जय शम्भु’ र ‘१२ मासे’ मध्ये को कति पानीमा होला रु हेर्न बाँकी छ ।

बुधवार नै बलिउडका दुई ठूला स्टारका फिल्म ‘सत्यमेव जायते’ र ‘गोल्ड’ प्रदर्शनमा आएका कारण शुक्रवारबाट प्रदर्शनमा आएका चार नेपाली फिल्मलाई आफ्नो पक्षमा दर्शक तान्न सजिलो भने हुने
देखिन्न ।

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्