Logo
१२ बैशाख २०८१, बुधबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपिका र रणबीरको विवाह गोप्य

एजेन्सी : बलिउडमा दीपिका पादुकोण र रणबीर सिंहबीच हुने भनिएको विवाहले निकै चर्चा पाएको छ । उनीहरुको विवाहसँग सम्बन्धित समाचार लगातार आइरहेका छन् । केही दिन अगाडि उनीहरुको विवाहको मिति सार्वजनिक भएको थियो ।

उनीहरुको विवाह इटलीमा २० नोभेम्बरमा हुँदैछ । योसँगै उनीहरुको विवाह गोप्य तरिकाले हुने बताइएको छ । उनीहरुले विवादलाई निजी विषय बनाउन नयाँ तरिका खोजेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार उनीहरुले आफ्नो विवाहलाई निजी बनाउनकालागि इटलीमा विवाह गर्न लागेको बताइएको छ । उनीहरुको विवाह इटलीको कोमो शहरमा हुने भएको छ ।

आफ्नो विवाहको गोपनीयता राख्ने क्रममा उनीहरुले विवाहमा आउने पाहुनालाई मोबाइल फोन नल्याउन आग्रह गर्ने भएका छन् । मोबाइलबाट फोटो नखिचुन भनेर उनीहरुले यस्तो आग्रह गर्न लागेको बताइएको छ ।

आफ्नो विवाहको फोटो आफ्ना फ्यानलाई आफूहरुले नै सार्वजनिक गर्ने उनीहरुको योजना रहेको बताइएको छ।

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्