Logo
१३ बैशाख २०८१, बिहीबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अटलबिहारी बाजपेयीबारे औपचारिक घोषणा हुँदै, मोदी समेत सबै नेताहरु अस्पतालमा (भिडियो सहित)

बड्दो उमेरका कारण निकै लामो समयदेखि बिरामी रहेका भारतीय पुर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य अवस्थाबारे औपचारिक पुष्टि केहीबेरमा हुने भएको छ । भारतमा निकै लोकप्रिय नेताको उपाधी पाए ‘भारत रत्न’ बाजपेयी बड्दो उमेरका कारण वर्षौदेखि बेडमा छन् ।

स्वास्थ्य अवस्था निकै बिग्रेपछि पछिल्लो केहि हप्तादेखि उनलाई दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स्मा) भर्ना गरिएको छ । तर हिजो मात्र उनको स्वास्थ्य अवस्था निकै कम्जोर बनेपछि उनलाई भेट्न प्रधानमन्त्री नरेन्द्र मोदी समेत बिभिन्न बरिष्ट ब्यक्तित्वहरु अस्पताल पुग्ने क्रम बढेको थियो ।

उनको स्वास्थ्य अवस्था निकै चिन्ताजनक बनेपछि प्रधानमन्त्री नरेन्द्र मोदी समेत बिपक्षी दलका नोताहरु समेत अस्पताल जाने क्रम बढेको छ । राम–लक्षमणको जोडी झै मानिने लालकृष्ण आड्वाणी समेत अस्पतालमै रहेका छन् ।

औपचारिक घोषणा अगावै बिहारको मुख्यमन्त्री नितिसकुमार, युपीको मुख्यमन्त्री, मध्यप्रदेश लगायत देशभरका मुख्यमन्त्रीहरु दिल्ली पुगेका छन् । प्रतिपक्षी दल कांग्रेसका नेताहरु समेतका पुर्वप्रधानमन्त्री डा. मोनमोहन सिंह पनि बाजपेयी भर्ना रहेको अस्पताल पुगेका छन् ।

एबिपि न्यूजका अनुसार अहिले प्रधानमन्त्री मोदी समेत सबै नेताहरुबीच उनको स्वास्थ्यअवस्थाबारे औचपारिक घोषणा गरिने छ । उता भारतीय जनता पार्टी कार्यलयमा समशान घाट लाने ठुलो ट्रक पनि मगाइएको छ ।

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्