Logo
१५ चैत्र २०८०, बिहीबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब डेढ करोडमा किन्नुहोस् सुनको आइफोन !

के तपाइँसँग प्रसस्तै धन छ लक्जरी चिजहरु प्रयोग गर्न मन पर्दछ यदि यसो हो भने तपाइँसँग सुनको आइफोन किन्ने मौका छ र यसका लागि तपाइँले झण्डै डेढ करोड रुपैयाँ खर्च गरे पुग्नेछ ।

हो, बेलायतको लक्जरी प्रडक्ट निर्माता कम्पनी गोल्डजेनले सुनको आइफोन एक्स ल्याउँदैछ । यसको नाम आइफोन एक्स एस दिइएको छ ।

यो आइफोनका लागि कम्पनीले प्रिअर्डर लिन सुरु गरिसकेको छ । यो आइफोनमा १८ क्यारेटको सुनबाट बनेको पछाडिको भाग हुनेछ । तथापि अन्य फिचर्स भने खुलाइएको छैन ।

यो आइफोनको मूल्य १ लाख २७ हजार अमेरिकी डलर पर्नेछ र प्रिअर्डका लागि त्यसको आधार रकम भुक्तान गर्नुपर्नेछ ।

कम्पनीका अनुसार यो आइफोन उसको अहिलेसम्मकै सबैभन्दा लक्जरी प्रडक्टको रुपमा रहनेछ । स्मरण रहोस् यहीँ कम्पनीले यसअघि सुन तथा हिरा जडित एप्पल वाचका लागि सुन लेपन गरिएको रेसिंग बाइक पनि ल्याएको थियो ।

कम्पनीका अनुसार यो आइफोन खरीद कर्ताका लागि कम्पनीले पाँच वर्षसम्म मर्मत, सर्भिसिङ तथा अपडेटको चौबिसै घण्टाको सेवा उपलब्ध गराउनेछ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्