Logo
८ बैशाख २०८१, शनिबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले हटाएकालाई ओली नेतृत्वको सरकारले भित्र्याउदै

काठमाडौं : केपि शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्वएमाले निकटका सुशील ज्ञवालीलाई पुनः नियुक्त गर्ने भएको छ । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ज्ञवालीलाई हटाएर नेपाली कांग्रेस निकटका डा.गोविन्दराज पोखरेललाई नियुक्त गरेको थियो ।

ओली सरकारले प्राधिकरणको सीईओमा ज्ञवालीलाई नियुक्त गर्ने तयारी गरेको हो । ओलीले नै यसअघि ज्ञवालीलाई प्राधिकरणको सीईओ बनाएका थिए । ०७२ वैशाखको भूकम्प प्रभावितलाई राहत तथा पुनर्स्थापना गर्न भनेर गठन भएको प्राधिकरणमा तत्कालीन एमालेले चरम राजनीतिक करण गरेको हो ।

ज्ञवालीले त्यस बेला राम्रोसँग कार्यसम्पादन गर्न नसकेपछि प्रचण्डले हटाइदिएका थिए । ओली पुनः ज्ञवालीलाई प्राधिकरणको सीईओ बनाएर प्रचण्ड र कांग्रेससँग बदला लिएका छन् । ज्ञवालीले कार्यसम्पादन गर्न नसकेको भन्दै तत्कालीन एमालेले आलोचना गरेको थियो । एमाले निकटका इञ्जिनियरहरूले ज्ञवालीविरुद्ध आन्दोलन समेत गरेका थिए ।

शुरुमा डा.गोविन्दराज पोखरेल सीईओ भएपनि ओलीले उनलाई हटाएर ज्ञवालीलाई ल्याउन लागेका हुन् । प्रतिनिधि सभाका बेला डा.पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको सीईओ पदमा कांग्रेस निकटका पूर्वप्रशासक युवराज भुसाललाई नियुक्त गरिएको थियो ।

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्