Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सृष्टी श्रेष्ठ अभिनित नयाँ फिल्म बाँध मायालेको गीत रिलिज

काठमाडौँ : अनमोल केसीको गाजलु फिल्मबाट नेपाली रजतपटमा पाईला राखेकी पूर्व मिस नेपाल सृष्टी श्रेष्ठ अभिनित नयाँ फिल्म बाँध मायालेको टाईटल  ट्रयाक  रिलिज भएको छ ।

सबिर श्रेष्ठ निर्देशित यो लभस्टोरी जनरको फिल्ममा श्रृष्टीले हिरो आर्यन अधिकारीसंग रोमान्स गरेकी छन् ।  असोज ५ गते देखि प्रर्दशनमा आउँने  फिल्मको शिर्ष गीतलाई अर्जुन पोखरेलले तयार गरेका हुन । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा गायन क्षेत्रकी हिट गायिका अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ ।

पछिल्लो समय नेपाली फिल्ममा लोक गीतले ज्यादा स्पेश पाउँने गरेका छन् । दोश्रो नम्बरमा चाँहि लभ नम्बरनै रहेको छ । तर बजार बदलिएसंगै लभ नम्बरको गीतले लोक गीतको अगाडि   प्रतिष्पर्धा निकै गर्नु पर्दा राम्रो लिरिक्स, अरेन्जमेन्ट र मेकिङ हुँदा हुँदै पनि लभ सङले सोचे जस्तै बजार चाँहि लिन सकिरहेका छैनन् तसर्थ अन्जु पन्त र सुगम पोखरेल जस्ता हस्ती गायक गायिकाले गाएको यो गीत बजारमा हिट होला त ?

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्