Logo
६ बैशाख २०८१, बिहीबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नुवाकोट अपडेट : बस दुर्घटना, एकको मृत्यु, ५८ घाइते

नुवाकोट : नुवाकोट स्थित विदुरमा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएकाहरु मध्ये एक जनाको मृत्यु भएको छ । विदुर नगरपालिका–७ तुप्चेकी ५६ वर्षीया मोतिमाया तामाङको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनाको अन्तिम विवरण सार्वजनिक गर्दै प्रहरीले एक जनाको उपचारको क्रममा मृत्यु र ५८ जना घाइते भएको जनाएको छ ।

म्यागङ गाउँपालिका– २ बुङताङबाट काठमाडौंको लागि छुटेको बा. २ ख २८०४ नम्बरको बस विदुर नगरपालिका–९ लामाटारमा दुर्घटना हुँदा ५९ जना घाइते भएका थिए । यस अघि प्रहरीले ४० जना घाइते भनेर सार्वजनिक गरेको थियो । घाइते मध्ये ९ जनालाई उपचारको लागि काठमाडौं लगिएको थियो ।

गम्भीर अवस्थाका म्यागङ गाउँपालिकाका ५६ वर्षीय प्रेमसिह तामाङ, ५७ वर्षीया होमबहादुर तामाङ, २० वर्षीया दिवामाया तामाङ, ७५ वर्षीया छिरिङ तामाङ, ५६ वर्षीय पूर्वबहादुर लामा तामाङ, वीरबहादुर विक, उत्तम तामाङ, ४० वर्षीया मंगलीमाया तामाङको राजधानीका ग्रीनसिटी र ग्राण्डी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मिनिट्रकलाई साइड दिनेक्रममा सडकको ढिल भासिएर दुर्घटना हुँदा बस ४० मिटर तल कोदोबारीमा पुगेको थियो ।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्