Logo
८ बैशाख २०८१, शनिबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगानी र व्यापार प्रवद्र्धन हुने गरी विम्स्टेक सम्मेलनको तयारी तिब्र

काठमाडौं : सरकारले आसन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विम्स्टेक) चौंथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सदस्य राष्ट्रहरुबीच लगानी र व्यापार प्रवद्र्धन हुने गरी संगठनलाई प्रभावकारी बनाउने गरी सम्मेलनको तयारीलाई अन्तिम रुप दिइएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बुधबार बसेको मूल तयारी समितिको बैठकले विमस्टेक शिखर सम्मेलनको नारा, घोषणा पत्र तयारीलगायतको कामलाई अन्तिम रुप दिएको हो ।  बैठकमा प्रधानमन्त्री एवं विमस्टेक शिखर सम्मेलन मूल तयारी समितिका अध्यक्ष ओलीले सम्मेलनलाई ध्यानमा राखेर काठमाडौंको सडकको मर्मत/सम्हारको कामलाई तीव्रता दिन मातहतका निकायलाई सचेत गराएका थिए ।

सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुखहरु आउने भएकाले सडकको उचित व्यवस्थापन गर्न ढिलाई नगर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको ज्ञवालीले जानकारी दिए । आसन्न भदौ १४ र १५ मा काठमाडौंमा विमस्टेकको चौंथो शिखर सम्मेलन हुँदैछ । सरकारले सोही सम्मेलनको तयारीको कामलाई तीव्रता दिन मूल तयारी समिति र त्यस अन्तरगतका विभिन्न उपसमितिहरु बनाएको छ ।

सम्मेलनलाई प्रभावकारी बनाउन नेपालको महत्वपूर्ण योगदान दिने गरी तयारीको कामलाई अघि बढाइएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले उल्लेख गरे ।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्