Logo
१२ बैशाख २०८१, बुधबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४५ हजार नगद र ३ खिल्ली पानका साथ शिक्षक ठाकुर अख्तियारको फन्दामा

रौतहट :  रौतहटको सदरमुकाम गौरमा बुधवार एक शिक्षक घुस सहित रंगेहात पक्राउ परेका छन् । श्री जु.उ.मा.विद्यालय गौरका प्राथमिक स्तरका शिक्षक प्रमोद ठाकुर घुसको ४५ हजार नगद र ३ खिल्ली पानका साथ पक्राउ परेको हो ।

विदालयका भवनको ठेक्कका लिएका ठेकेदार जयप्रकाश साहसँग भुक्तानीको चेक बनाउनको लागि ४५ हजार घुस मागेको ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाको टोलीले रंगेहात पक्राउ गरेको हो ।

पटक पटक घुस लिदै चेक बनाउने गरेका ठाकुरलाई दिन नगद पैसा यो पटक नभएपछि साहले अख्तियारको टोलीसँग समन्वयन गरेको श्रोतको दाबी छ । प्रा.वि.स्तरमा कार्यरत रहेका ठाकुर अनुभव र दक्षताको आधारमा सह लेखापाल बनी लेखापाल देखि पूरै विद्यालयको व्यवस्थापन बजेट विनियोजनमा महत्वपूर्ण भुमिका खेलदै आएका चतुर खेलाडि हुन् ।

घुस सहित पान पनि सँगै लिएर शुभ हुन्छन भनेर सेवाग्राहीलाई बोलाउँदै आएका पानका सौखिन ठाकुर पक्राउ परेपछि गौरमै हडकम्प मचेको छ । ठेकेदार साहसँग ठाकुरले पटक पटक पैसा बुझेको अख्तियारलाई पहिलै देखि थाहा भएको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार ठाकुरले पैसा माँगेपछि ठेकेदार साहले ३ खिल्ली पान सहित सो रकम लिई अख्तियारको सिबिल टालीको साथ लिएर पुगेको र त्यहीबाट रंगेहात पक्राउ गरेको हो । ठाकुरलाई लगभग ३ महिना देखि अख्तियारले निगरानीमा राखेको थियो ।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्