Logo
८ बैशाख २०८१, शनिबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाकाली नगरपालिका बाढीपीडित विस्थापनमा परेका परिवार घर फिर्ता

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका–१० का जगबुढा नदीको बाढीका कारण विस्थापनमा परेका परिवार घर फिर्ता भएका छन् । नगरपालिकाको शान्ति टोल, गिरी टोल, प्रतिभा टोल र गुरुङ टोलका बासिन्दा बाढीको पानी घटेपछि घर फिर्ता भएका हुन् ।

बाढीको पानी टोलमा पस्दा ३० परिवारका १८४ जनाले घर छाडेर सुरक्षित स्थानमा गएका थिए । अपाङ्ग, गर्भवती, वृद्धवृद्धा र बालबालिकालाई स्थानीय विद्यालयमा राखिएको थियो । अन्य स्थानीय आफन्तका घरमा शरण लिन बाध्य भएका थिए ।

पानी पर्ने क्रममा कमी आएसँगै डुबानमा परेको बस्तीको पानी घटेपछि स्थानीय बासिन्दा मङ्गलबार साँझदेखि नै घर फिर्ता हुने क्रम शुरु भएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका जनक पन्तले बताए। ‘‘विस्थापनमा परेका सबै परिवार आज बिहानसम्म घर फिर्ता भइसकेका छन्’’ उनले भने ।

महाकाली नदीको बाढीले भत्काउन थालेको बाँधसमेत नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा मर्मत गरिएको छ । महाकाली नदीमा पानीको बहाव घटेपछि चार पाङ्ग्रे सवारीसाधनमा लगाएको रोकसमेत हटाइएको छ ।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्