Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भदौ १ गते देखि सम्झैता गरेर मात्रै काठमाडौंमा कोठा भाडामा

काठमाडौं : आगामी भदौ महिनादेखि भदौदेखि सम्झौता गरेर मात्र घर भाडामा लिन वा दिन पाईने भएको छ । भदौ १ देखि लागू हुने मुलुकी देवानी संहिता ऐन २०७४ को परिच्छेद ९ मा उल्लेख घर बहालसम्बन्धी व्यवस्थाले विवादको अवस्था आउन दिनेछैन।

ऐनले घरबेटीको दादागिरी र मनलाग्दी भाडा दरमाथि अंकुश लाउने भएपछि डेरावालले मुक्ति पाउने भएका हुन्। सम्झौताबमोजिम मात्रै घर भाडामा लगाउनु पर्ने र बस्नुपर्ने नीतिले डेरावाल कतिबेला गायब हुने हो, भाडा रकम तिर्ने हो कि होइन भन्ने तनावबाट घरबेटीले पनि मुक्ति पाउनेछन् ।

घरबेटी र डेरावाललाई कानुनी दायरामा ल्याउने व्यवस्था भएपछि न्यायीक समितिलाई पनि कार्य सम्पादनमा सहजता थपिने अधिकृत घिमिरे बताउँछिन्। यसअघि मौखिक सहमतिमा घर भाडामा लगाउने र बस्ने बीचैमा विमती उत्पन्न भएपछि उजुरी न्यायिक समिति पुग्थे। तर घरबेटी र डेरावालबीच उत्पन्न भएको विवाद सुल्झाउने कुनै गतिलो प्रमाण हुँदैन थियो। खबर आजकोकान्तिपुर दैनिकमा छ ।

अध्ययन, जागिर, व्यापार वा अन्य कामले देशैभरीका मानिसहरू काठमाडौंमा बसोबास गर्ने गरेका छन् । तर उनीहरुको आफ्नै घर नहुनु र अपार्टमेन्टहरू सजिलै उपलब्ध नहुनाले धेरैजसो व्यक्तिगत घरमा मौखिक सहमतिमा कोठा भाडामा लिई बस्नु पर्ने अवस्था छ।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्