Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानेपानीमा विषादी मिसाउनेलाई कारबाही गर्न संसदमा माग

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद घनश्याम खतिवडाले मोरङको जाँतेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न माग गर्नुभएको छ ।

उहाँले आपत्कालीन अवस्थामा तत्काल उद्धारका काम तत्काल गर्न सुरक्षाकर्मीलाई पर्याप्त साधनस्रोत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । नेपाली काँग्रेसका प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नं १ का भूभाग जलमग्न भएका तथा अधिकांश घरमा धोबीखोला र वाग्मती प्रवेश गरेको जानकारी दिए ।

बाढीका कारण धेरै भौतिक सम्पत्ति नाश भएको छ भन्दै उहाँले नदीनाला सफा गर्न स्थापना भएका सङ्घसंस्थाले आफ्नो दायित्व पूरा नगरेको भनी रोष प्रकट गरेका छन् ।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्