Logo
८ बैशाख २०८१, शनिबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पति पत्नीको झगडाले पाइलटले खसाले आफ्नै घरमाथि विमान

एजेन्सी : अमेरिकामा पति पत्नीको झगडाले भयानक रुप लिएको छ । जुन झगडाले सामाजिक संजालमा निकै चर्चा पाएको छ । अमेरिकाको पेसनमा भएको विमान दुर्घटनाको कारणले थाहा पाउदा प्रहरी नै चकित बनेका छन् ।

अमेरिकन ती पायलट र उनकी श्रीमतीबीच झगडा भयो । यसै कारणले ती पायलटले आफ्नो पत्नीको ज्यान लिन चाहन्थेँ । त्यसैले उनले आफ्नै घरमा ल्याएर विमान दुर्घटना बनाए। तर पत्नी र उनका सन्तानको ज्यान बच्यो भने पाइलट पनि भने बच्न सकेनन् ।

डुएने यूड नाम गरेका ती पाइलडले पत्नीसँग सधै झगडा गर्ने र उनीमाथि कुटपिट गर्दै आएको प्रहरीले बताएको छ । यसै कारण उनी जेल समेत जानु परेको थियो । विमान दुर्घटना हुनुभन्दा केही  घण्टाअघि पनि जेलबाट जमानतमा रिहा भएका थिए ।

उनले कुनै एक विमान कम्पनीमा काम गर्दै आएका थिए र त्यही कम्पनीको विमान दुर्घटना गराइदिए ।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्