Logo
१२ बैशाख २०८१, बुधबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय दुतावासले दियो ३० एम्बुलेन्स

काठमाडौं : भारतीय राजदुतावासले ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपाललार्इ ३० वटा एम्बुलेन्स र ६ वटा स्कुल बस हस्तान्तरण गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बसहरु उपलब्ध गराएको हो ।

दूतावासमा बुधबार आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका बिभिन्न संघ, संस्थालाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा भारतीय सेनामा भर्ति भएर सिमा रक्षार्थ खटिरहेकै बेला वीरगति प्राप्त गरेका तथा अपाङ्गता भएका नेपाली परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल वितरण गरिएको थियो ।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्