Logo
१५ चैत्र २०८०, बिहीबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मह संचारको अबको चलचित्र ‘दाल भात तरकारी’ घोषणा,

काठमाण्डौ : गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘शत्रु गते’ टिमले नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’ को घोषणा गरेको छ । मह संचारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो ।

फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड फिल्ममा सह-निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले, नेपाली फिल्म निर्देशनको भने पहिलो पटक अनुभव बटुल्दैछन् ।

‘दाल भात तरकारी’ मा ‘शत्रु गते’ झैं मल्टिस्टारर कलाकारहरुको बाहुल्यता छ । यसमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाललगायतका कलाकारहरुको अभिनय रहनेछ । मंसिर पहिलो साताबाट फिल्मको छायांकन सुरु हुँदैछ ।

किरण केसीको प्रस्तुति रहेको चलचित्र सुदन केसीले निर्देशन गर्न लागेका हुन् । सुदन किरण केसीका छोरा हुन् । उनको यो डेब्यु चलचित्र हो । डेब्यु चलचित्र भएपनि राम्रो काम गरेर देखाउने सुदनले बताए ।

मदकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, निरुता सिंह, पुष्प खडेका, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिबहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, यमन श्रेष्ठ, मोहितबंश आचार्य, विल्सन बिक्रम राई लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ ।

अभिनेत्री प्रियंकाले चलचित्रमा आफ्नो सानो भएपनि महत्वपुर्ण भुमिका रहने जानकारी दिदा अर्की अभिनेत्री बर्षा राउतले महसंचारको ब्यनरमा काम गर्न पाउँदा निकै गर्भ महशुस भएको बताइन् ।

हरिबंश आचार्यको गीत, सम्भुजित बास्कोटाको संगीत रहने चलचित्रमा एक्सन रोशन श्रेष्ठको रहनेछ । चलचित्र छिट्टै छायाँकनमा निस्कने तयारी भइरहेको कार्यक्रममा जानकारी दिइयो ।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्