Logo
७ बैशाख २०८१, शुक्रबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेसनपुरका बाढीपीडितलाई खानेपानी सुविधा

बर्दिया : बढैयाताल गाउँपालिका– ९ टेसनपुरका बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ ।

व्याकवार्ड सोसाइटी एजुकेशन (वेस) बर्दियाले रु दुई लाखको लागतमा खानेपानी उपलब्ध गराएको हो । वेसले खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि पानीको सुनिश्चितता कार्यक्रमअन्तर्गत टेसनपुरमा खानेपानी योजना सम्पन्न गरेको हो । वाटरएड नेपालको सहयोग तथा वेसको आयोजनामा बाढीपीडितका लागि खानेपानीको दुईवटा धारा निर्माण गरेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्राविधिक धनजीत सिकर्मीले जानकारी दिए।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्