Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लण्डन आक्रमणमा सम्लग्नमाथि कडा कारबाही हुनुपर्छ : ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बेलायती संसदबाहिर गराइएको शङ्कास्पद आतङ्कवादी आक्रमणमा सम्लग्न ‘व्यक्तिहरू’ लाई हदैसम्म कडा कारबाही हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ, “लण्डनमा अर्को आतङ्कवादी आक्रमण भएको छ । यी मूर्ख जनावरहरूलाई कठोर एवम् कडा कारबाही हुनुपर्छ ।”

बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएका प्रत्यक्षदर्शी एवीलीना ओचाबले बताउनुभयो । बिहानको भिडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शङ्कास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो ।

विगत १८ महिनाभन्दा कम अवधिमा बेलायतमा सवारीसाधनको प्रयोग गरी चारवटा आतङ्कवादी आक्रमण भइसकेका छन् । बेलायतको मुख्य प्रशासनिक इकाई समेत रहेको मुख्य लन्डन क्षेत्रमा प्रहरीले घेराबन्दी गरेको छ । प्रहरीले सबैजनालाई घटनास्थलबाट टाढै रहन आग्रह गर्नुका साथै वेस्टमिन्स्टर रेलसेवा बन्द गरिएको छ ।

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्