Logo
७ बैशाख २०८१, शुक्रबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेलिकोप्टर अगाडी सेल्फी खिच्‍न जाँदा पंखाले लागेर तीर्थयात्रीको ज्‍यान गयो

सुर्खेत : हेलिकप्टरसँग सेल्फी खिच्न खोज्दा एक जनाको मृत्यु भएको छ। हुम्लाको सिमिकोटदेखि मानसरोवर पुगेको हेलिकप्टरसँग सेल्फी खिच्न खोज्दा पंखा लागेका भारतीय तिर्थयात्रुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीका अनुसार भारतको महाराष्ट्र मुम्वईका ४२ वर्षिय नगेन्द्रकुमार कात्तिकेको मृत्यु भएको हो।

हेलिकप्टर मानसरोवरमा अवतरण भएपछि झरेर सेल्फी खिच्न खोज्दा मकालु एयरको एनएएमभी को पंखामा ठोकिदाँ तिर्थयात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।

हेलिकप्टर रोकिएपछि सेल्फी खिच्न पछाडि गएका बेला पंखाले लागेर नगेन्द्रकुमारको मृत्यु भएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले बताए।

‘मृतक तिर्थालुको मुचुल्का उठाउन घटनास्थलमा प्रहरी पुगिसकेको छ’ उनले भने, ‘मुचुल्कापछि शव पोष्टमार्ट गरिने छ।’

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्