Logo
१५ चैत्र २०८०, बिहीबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वजनिक सूचना जारी नगरी नियुक्त गरेको भन्दै खारेजीको माग

बर्दिया : बारबर्दिया नगरपालिकाको कानुनी सल्लाहकार अवैध ढङ्गले नियुक्त गरेको विरोधमा जिल्ला प्रशासन कार्यालयमा स्थानीयबासीन्दाले उजुरी गरेका छन् ।

सर्वजनिक सूचना जारी नगरीकन कोहलपुर नगरपालिका–११ बस्ने बाँकेका कानून व्यवसायी जयकृष्ण न्यौपानेलाई नियुक्त गरेको भन्दै बारबर्दिया नगरबासीन्दाले विरोध गरेका हुन् ।

स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुँवरलाई भेटी नगरपालिकाको कार्यालयका नगर प्रमुख र उपप्रमुखले गैरकानुनी रुपमा कानुनी पराशर्मदाता नियुक्त गरिएको भन्दै नियुक्ती बदर तथा खारेजीको माग गरेका हुन् । उनीहरुले कानून व्यवसायीलाई कुनै मौका नदिइकन वैतनीकरुपमा कानून व्यवसायी नियुक्त गरेको आरोप स्थानीयबासिन्दा कर्मलाल थारु र खीमबहादुर थारुसहितको टोलीले खारेजी गर्न माग गरेका हुन् ।

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्