Logo
१३ बैशाख २०८१, बिहीबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हत्याका आरोपी जलेश्वर नगरपालिकाका मेयर अदालतमा हाजिर

गौशाला : सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।

उनीसँगै सोही मुद्दाका आरोपी रहेका राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे पनि अदालतमा हाजिर भउका छन् । उनीहरु दुवैजना आफैँ निवेदन लिएर अदालतमा बिहान १०ः३० बजे हाजिर भएको स्रेस्तेदार रामानन्द अधिकारीले बताए ।

महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रनानि विकलाई २०७२ भदौ २५ गते आन्दोलनकारीले जलेश्वर–४ स्थित हटियामा कुटपिट गरी गम्भीर घाइते बनाइएका थिए ।

घाइते बिकलाई प्रहरीले उद्धार गरी उपचारको लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए ।

उनीहरु जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर हाजिर भएका हुन् । आफैँ हाजिर भएका प्रमुख मिश्र र सहमहामन्त्री पाण्डेलाई अदालतले थुनछेकको बहस चलाउने उनीहरुका वकिल रमेश पाण्डेले बताए ।

यसअघि गत सोमबार सोही मुद्दामा आरोपी रहेका प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा पनि महोत्तरी जिल्ला अदालतमा आफैँ निवेदन दिएर हाजिर भएका थिए । उनलाई अदालतले साधारण तारेखमा रिहा गरेको थियो ।

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्